अमेरिकी राजनीति– दुई दलीय प्रतिस्पर्धाको सिको

इनेप्लिज २०८१ साउन १५ गते १६:५० मा प्रकाशित

– विष्णु शीतल

यस बर्षको नोभेम्बर ५ मा अमेरिकाको ४७औं राष्ट्रपतिको निर्वाचन हुदैछ । विगतको तुलनामा यस पटकको चुनाव बढी रोचक हुने अनुमान गरिदै छ ।

मूलतः दुई दलबीच प्रतिस्पर्धा हुने अमेरिकाको चुनावमा रिपब्लिकन र डेमोक्रेट पार्टीबीच दुई दलीय भिडन्त हुदै आएको छ । अरु दलले पनि चुनावमा भाग लिन नपाउने हैन अमेरिकी मतदाताहरुमा केवल दुई दलबीचको प्रतिष्पर्धा नै अमेरिकाको राजनीति हो भन्ने मानसिकता तयार छ । तेश्रो दल अस्तित्वमा आएको नै देखिदैन ।

यस बर्षको चुनावमा उमेद्वारहरुले विधिवत मनोनयन दर्ता गर्न केही दिन बाँकी रहे पनि राजनीतिक दलहरुले उमेदवार छनोट गरिसकेका छन । यसमा रिपब्लिकनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्विकल्प उमेदवार बनाइसकेको छ भने डेमोक्र्याटले पनि उपराष्ट्रपति कमला ह्यारिसलाई उमेद्वार घोषणा गरिसकेको छ । दुबै पार्टीका उमेद्वारले चुनावी सभाहरुलाई सम्बोधन गर्न थालिसकेका छन केही ठूला मिडियाहरुले चलाउने चुनावी बहसमा पनि ह्यारिस तयार भएको तर ट्रम्पले आनेकाने गरेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।

नेपालमा हालैमात्र दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउदा साना दलहरुले अधिनायकबाद आउन लाग्यो, बहुदलीय अभ्यास गर्न पाउने राजनीतिक अधिकारी खोसिन लाग्यो भन्दै चिन्ता व्यक्त गरिएको सुन्नमा आएको छ । यस सन्दर्भमा अमेरिकामा दुई दलीय प्रतिष्पर्धाको पृष्ठभूमिको थोरै चर्चा गर्न मन लाग्यो ।

रिफर्म,लिभरटेरियन,सोसियलिष्ट,न्याचरल ल,कन्सटीच्युसन पार्टी,ग्रीन पार्टी जस्ता दलको प्रतिनिधित्व गर्दै राष्ट्रपतिको चुनावी दौडमा नेताहरु आएका थिए ।

जुन बेला अमेरिका स्वतन्त्र भएर संविधान निर्माणको चरणमा नेताहरु जुटीरहेका थिए । त्यति बेलै राजनीतिक खेलमैदानलाई निश्चित आकार दिन सके सबै खेलाडिले एउटै मैदानमा प्रतिष्पर्धा गर्ने छन र राजनीतिक स्थायित्व कायम हुनेछ भन्ने दूरदर्शी सोच बनाएका थिए । सन १७८७ मा भएको संविधान सभाको एक सम्मेलनमा नै बेन्जामिन फ्र्यांकलिन र जेम्स मेडिसनले दुई दलमात्र बनाएर चुनावमा जाउँ भन्ने प्रस्ताव अघि सारेका थिए । त्यस पछि १७९६मा भएको निर्बाचनमा डेमोक्र्याट र रिपब्लिकनको गठबन्धनले अलेक्जेन्डर हेमिल्टनको फेडरलिष्ट पार्टीसँग प्रतिष्पर्धा गरेको थियो ।

निर्बाचनमा अलेक्जेण्डरको फेडरलिष्ट पार्टी पराजित भए यता अमेरिकाको राजनीतिमा डेमोक्र्याट र रिपब्लिकन दुई पार्टीको बर्चश्व हालसम्म कायम छ । साथै हालसम्म राजनीतिक स्थायित्व पनि कायम छ । हुन त अमेरिकामा साना दलहरु पनि राजनीतिमा आउन नखोजेका हैनन ।

रिफर्म,लिभरटेरियन,सोसियलिष्ट,न्याचरल ल,कन्सटीच्युसन पार्टी,ग्रीन पार्टी जस्ता दलको प्रतिनिधित्व गर्दै राष्ट्रपतिको चुनावी दौडमा नेताहरु आएका थिए । तर जनताले दुई दलबीचको प्रतिष्पर्धा नै राजनीतिक स्थायित्वका लागि उपयुक्त छ भन्ने मान्यतालाई आत्मसात गरेर कहिले डेमोक्र्याट र कहिले रिपब्लिकनलाई सत्तारोहण गराउदै आएका छन ।

आगामी निर्वाचनको तयारी

राजनीतिक पार्टीहरुले धेरै सुझबुझबाटै राष्ट्रपतिय निर्बाचनलाई चुस्त र कम विवादस्पद बनाउदै आएका छन । यसरी यहाँ राजनीतिक अस्थिरताको चिन्ता हटाइएको छ । दीगो र स्थायी सरकार नभएसम्म राष्ट्र बलियो हुुदैन भन्ने राम्रोसँग बुझेका अमेरिकी नेताहरुले दुई शताब्दीभन्दा बढी भईसक्दा पनि दुई दलीय पद्धतिलाई ब्यबहारिक रुपमा स्थापित गरेका छन ।

अमेरिका मात्र हैन दुई दलबीच मुख्य प्रतिष्पर्धा हुने विश्वमा अरु पनि धेरै मुलुकहरु छन । यस्ता पद्धति सम्बिधानमा उल्लेख गरेर वा ऐन कानुन बनाएर स्थापित गराईएको भने हैन । ऐन कानुन नै बनाएर दुई दलमा संकुचन गर्न भने लोकतान्त्रिक अभ्यासको आधारभूत मान्यताभन्दा बाहिर जान्छ होला । तर व्यबहारमा भने यो संभव हुन्छ भन्ने यी माथिका उदाहरण हुन । भारत,बेलायत,रसिया,स्पेन माल्टाजस्ता मुलुकमा दुई ठूला दल नै सत्तामा आलो पालो पुगेका हुन्छन । जनताको ठूलो हिस्साले यसैमा आफूलाई अभ्यस्त बनाउदै लगेको छ । परिणाम स्वरुप देश राजनीतिक अस्थिरताको शिकार हुन परेको छैन । यसमा थप अरु पनि उदाहरण दिन सकिन्छ । अफ्रीका र मध्ये अमेरिकी देशहरु घाना,जिम्बाबे,बहामा,बार्बदास जस्ता साना मुलुकहरुमा पनि मुख्य दुई दलबीचमा चुनावी प्रतिस्पर्धा गरेरै राजनीतिक स्थायित्व कायम गरेको देखिन्छ ।

थप चर्चा आसन्न अमेरिकी चुनाव कै गरौं । यहाँका मुख्य दुई दलबीच चुनाव ताका हुने केही बाद विवाद पनि पार्टीगत र नीतिगत विबाद भन्दा पनि उमेद्वारको क्षमता,उसले बोलेका नीतिगत भनाईहरुलाई जनताले चर्चाको विषय बनाउने गरेको देखिन्छ । उमेदवारहरुले सार्बजनिक समारोह वा मिडिया डिबेटहरुमा आफूले जितेमा यो गर्न सक्छु वा त्यो हुन सक्छ भन्छन तर आफ्नो पार्टीको हवालादिदै मेरो पार्टीले यो वा त्यो गर्ने छ भन्ने गरेको सुनिदैन ।

भारत,बेलायत,रसिया,स्पेन माल्टाजस्ता मुलुकमा दुई ठूला दल नै सत्तामा आलो पालो पुगेका हुन्छन ।

सायद यसो गर्दा आफ्ना गुण वा दोषको भागिदार आफ्नो पार्टी नहोस भन्ने पनि हुन सक्छ । पार्टीलाई आफ्नो घर संझने हो भने आफ्ना कमजोरीको नकारात्मक प्रभाव पार्टीमा नपरोस भनेर यसो गरिएको हुन सक्छ । यसो भन्दै गर्दा पार्टीहरुबीच सैद्धान्तिक भिन्नता हुन्नत ? भन्ने प्रश्न आउन सक्छ । अवश्य नीतिगत भिन्नता हुन्छ । यदि नीतिगत भिन्नता नभए त पार्टी फरक हुने नै थिएन । तर नेताहरुको अभिव्यक्ति यस्तो आउने गर्दछ कि उनीहरुले व्यक्त गर्ने विचारले पार्टीलाई नकारात्मक असर नपरोस र आम कार्यकर्तामा चोट नपुगोस भनेर त्यसको जिम्मेवारी र दायित्व आफूले लिने इमानदारिता नेताहरुमा हुन पर्दछ । विकसित र सम्पन्न मुलुकहरुमा राजनीतिक नेतृत्वले यस्ता जिम्मेवारी आफै लिने गरेको पाइन्छ ।

नेताको गुण दोषको प्रभाव पार्टीका पर्न जाने र पार्टीहरु विभाजन हुने प्रबृति देखिन्छ । आफू सानै दलमा पुगे पनि आफ्नो कमजोरी लुकाउन ठूला दलको विरुद्ध विभिन्न लान्छाना लगाउने प्रबृति हावी हुने गरेको देखिन्छ । यी विविध कारणले दुई वा थोरै दलहरु बीच राजनीतिक प्रतिष्पर्धा हुने र स्थायित्व कायम रहने संभावना कम देखिएको हो । यस तर्फ नेपालमा ठूला दलका नेताहरुको सोचमा पछिल्ला दिनहरुमा केही परिवर्तन भएको दखिएको छ । यो सकारात्मक पक्ष हो । नेपाली नेतृत्वले अमेरिकालगायतको दुई दलीय प्रतिष्पर्धाको अध्ययन गर्ने र सोही अनुसार नेपालमा पनि दुई दलीय प्रतिष्र्धा तर्फ लैजाने हो भने राजनीतिक स्थिरता अवश्य कायम हुने छ ।

यो राजनीतिक इमानदारिताको विकासशील वा कम विकसित मुलुकहरुमा भने तुलनात्मक रुपमा अभाव देखिन्छ । दुई दलीय प्रतिष्पर्धाको बारेमा थप अध्ययन गर्न परिपक्व मतदाता भएको अमेरिका जस्तो मुलकको अलि गहिरोसँग अध्ययन गर्नु पर्दछ ।

अब एकैछिन अमेरिकाका दुई प्रमख पार्टीहरुको नीतिगत विभन्नताको पनि चर्चा गरौं न त ।

डेमोक्र्याट र रिपब्लिकन दुबै पार्टीहरुले जनताको सेवामा आफूलाई अब्बल सावित गर्न कोशिष गर्नु स्वभाविक हो । तर यिनीहरुका नीतिमा कर प्रणाली, सामाजिक मुद्धा वा कार्यक्रम,श्रम तथा स्वतन्त्र व्यापार,जन स्वास्थ्य,बैदेशिक नीति, अपराध नियन्त्रण, शिक्षा, ऊर्जा जस्ता विषयमा यी पार्टीका नीतिमा आधारभूत भिन्नताहरु छन जसको म यहाँ संक्षेपमा चर्चा गर्न चाहान्छु । रिपक्लिकनहरु सबैमा एउटै दरमा कर लगाउन चाहान्छन भने डेमोक्र्याटहरुका अनुसार कमाईको आधारमा करको दर निर्धारण हुनु पर्दछ । यो नीतिले कम आम्दानी हुनेलाई करमा राहत मिल्ने गर्दछ ।

रिपब्लिकनका लागि समलिंगी विबाह, गर्भपतन जस्ता विषय सामाजिक अपराध हुन भने डेमोक्र्याटहरु यसलाई समयले ल्याएको सामाजिक परिवर्तन हो भन्ने ठान्छ ।

रिपब्लिकनका लागि समलिंगी विबाह, गर्भपतन जस्ता विषय सामाजिक अपराध हुन भने डेमोक्र्याटहरु यसलाई समयले ल्याएको सामाजिक परिवर्तन हो भन्ने ठान्छ । यस मामिलामा डेमोक्र्याट पार्टी बढी प्रगतिशील देखिन्छ ।

रिपब्लिकनले स्वतन्त्र व्यापारको वकालत गर्दछ । मजदूरहरुको न्युनतम पारिश्रमिक निर्धारण आबश्यक ठाक्दैन तर डेमोक्रयाटले मजदुरको न्युनतम ज्याला समय सापेक्ष बढाउनु पर्छ भन्ने नीतिमा अडान लिने गर्दछ ।

रिपब्लिकनले जनस्वास्थ्यमा सरकारी खर्च कम गर्ने र स्वास्थ्य संस्था(अस्पताल)हरुलाई स्वतन्त्र छाडिदिन चाहान्छ भने डेमोक्र्याटले जन स्वस्थ्यमा सरकारले अलि बडी निगरानी गर्ने र स्वास्थ्य सेवामा सर्ब साधारणलाई सहज बनाई दिन सरकारले भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएको हुन्छ ।

विदेश नीति अलिक समबेदनशील विषय पनि भएकाले यसमा यी दुबै पाटीको नीतिमा खासै फरक पाइदैन । रिपब्लिकनले तानाशाहहरुले दवदबा र शक्ति देखाउदै आफ्नै जनतालाई दमन गर्ने र अरुलाई धम्की दिनेहरु विरुद्ध सैन्य शक्तिको प्रयोग गरेर तह लगाउनु पर्छ भन्ने नीतिमा अडान राख्ने गर्दछ । डेमोक्र्याटले चाहिँ ठूला हमलाहररु र कम जनशक्तिको प्रयोगमा जोड दिएको पाईन्छ ।

यी दुई पार्टीका ऊर्जा नीतिमा केही भिन्नता पाइन्छ । रिपब्लिकनले खनिज तेल उत्खनन गरेर जनतालाई सस्तोमा ऊर्जा उपलब्ध गराउन चाहन्छ भने डेमोक्र्याटले वाताबरण संरक्षणमा जोड दिने भन्दै इन्धन आयातमा जोड दिने गरेको पाईन्छ ।

शिक्षामा पनि खास अन्तर देखिन्न यी दुई पार्टीको नीतिमा । रिपब्लिकनले परम्परागत शिक्षा प्रणालीको वकालत गर्ने गर्दछ भने डेमोक्र्याटले अलि प्रगतिशील नयाँ पाठ्यक्रम ल्याउनु पर्नेमा जोड दिएको हुन्छ ।

यी भिन्नताहरुलाई राम्रोसँग केलाएर हेर्ने हो भने आधारभूत रुपमा नीतगत भिन्नता केही देखिदैन । राष्ट्रको हित नै सर्बोपरी देखिन्छ ।

प्रतिक्रिया