‘रित्तो गाउँ’ र ‘लापत्ता सन्तान’ बारे छोटो जानकारी

इनेप्लिज २०८१ साउन २० गते २१:५८ मा प्रकाशित

धेरैले रित्तो गाउँ र लापत्ता सन्तान कहिले सार्वजनिक गर्ने ? भनेर सोधिरहनुभएको र हामी पनि समय आएसँगै बोल्नुपर्छ भनेर यो छोटो जानकारी सार्वजनिक गर्न खोजेका हौं ।

हामी तपाईँहरूलाई हाम्रो निर्माण गरेका दुई महत्वपूर्ण डकुमेन्ट्री सर्ट फिल्महरू, ‘रित्तो गाउँ’ र ‘लापत्ता सन्तान’, का बारेमा जानकारी गराउन चाहन्छौं। यी प्रोजेक्टहरू पूर्ण रूपमा तयार भएका छन् र जो कोही विशेष शो अथवा च्यारीटी शो गर्न चाहनुहुन्छ, उहाँहरुलाई हामीलाई यथाशिघ्र सम्पर्क गर्न अनुरोध गर्दछौं। अहिल्यै यी २ वटा प्रोजेक्ट युट्युबमा नराख्ने निर्णय गरेका छौं ।

रित्तो गाउँ: 42M

Behind the scene : https://www.youtube.com/watch?v=PbPB-elF194&t=576s

यो डकुमेन्ट्री सर्ट फिल्मले नेपालमा रोजगारको लागि विदेश गएका युवाहरूको समाज र देशमा परेको प्रभावलाई उजागर गर्दछ। त्रिभुवन विश्वविद्यालय र आनन्द राज प्रोडक्शनको अनुसन्धानमा आधारित यस प्रोजेक्ट सेलिब्रेटी टाइम्स प्रा.लीले निर्माण गरेको हो । यस प्रोजेक्टले समसामयिक कथालाई समेटेको छ। रित्तो गाउँ अहिले विभिन्न फेस्टिवल र विशेष शो का लागि विभिन्न स्थानमा गएको छ ।

लापत्ता सन्तान: 22M

यो डकुमेन्ट्री सर्ट फिल्मले बुबा आमालाई अलपत्र पारेर वेपत्ता हुने सन्तान र अलपत्र परेका बुबा आमाको कथा बोल्छ । उनीहरूका अभिभावकहरूको हृदयविदारक कथाहरूलाई पहिलो भागमा वास्तविक र पछिल्लो भागमा काल्पनिक रुपमा उजागर गर्दछ। यसले समाजमा चेतना फैलाउने उद्देश्य राखेको छ।

Teaser : https://www.youtube.com/watch?v=LGg4ST0i55M

यदि तपाईंहरू यी दुई प्रोजेक्टहरूका विशेष शो अथवा च्यारीटी शो गर्न इच्छुक हुनुहुन्छ भने, कृपया हामीलाई तुरुन्त सम्पर्क गर्नुहोस्।

प्रतिक्रिया