अमेरिका- अमेरिकामा बस्दै आएका गायक अशोक अर्यालले नेपाली सांगीतिक जगतकी लोकप्रिय गायिका शान्ति श्री परियार र गायकको आफ्नै स्वरमा नयाँ तीज गीत “अम्रिकामा घर” को म्युजिक भिडियो विश्व सांगीतिक बजारमा ल्याएका छन्। गीतकार राजेश पौडेल र डा बिष्णुमुर्ति भट्टराईको शब्द अनि चर्चित संगीतकार राजु अर्यालको संगीत रहेको उक्त गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन्। मालाश्री रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ्ग सागर बाजुराली गरेका हुन् भने मिक्सिंग र मास्टरिङ्ग खडक बाजुरालीले गरेका छन्।
अमेरिकाको नर्थ क्यारोलिना राज्यको कंकर्ड सिटीमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा उक्त सिटीमा बसोबास गर्ने स्थानियहरु गायक अर्याल, प्रतिमा अर्याल, खेम भण्डारी , निर्मला भण्डारी, सरस्वति खनाल, बिध्या शर्मा र अन्य कलाकारहरुको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक शिव बिकले निर्देशन गरेका छन् । छायाँकार पशुपति बश्यालले छायांकन गरेको उक्त भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन्। प्रतिमा अर्यालको लगानी रहेको “अम्रिकामा घर” को बजार व्यवस्थापन सलीना म्युजिक प्रा. लि. ले गरेको छ ।
बिहे गरेर आफ्नो कर्म घरमा खुशी र सुखी जीवन बिताईरहेकी चेलीको अनुभब गीतको शब्दहरुमा सुन्न सकिन्छ । सिमित स्रोत र साधन अनि स्थानिय कलाकारहरुको अभिनयमा बनाएको म्युजिक भिडियो भए पनि भिडियो उत्कृष्ट बनेको छ र यसले निकै धेरै दर्शक स्रोताको साथ पाईरहेको छ।
“अम्रिकामा घर” को म्युजिक भिडियो गायक अर्यालको आफ्नै युट्युब च्यानल ‘अशोका इन्टरटेनमेन्ट’ मार्फत सांगीतिक बजारमा ल्याएका छन भने यसको अडियो गीत एप्पल म्युजिक, आईटीऊन ,स्पटीफाई , एमाजोन, फेसबुक , टिकटक लगायत सम्पूर्ण अडियो प्लेटफर्महरुमा उपलब्ध छ ।
अहिलेको नेपाली सांगीतिक बजारमा आएका तीजको मर्म बिपरित छाडा र अमौलिक गीतहरु बिचमा सबैले हेर्न र सुन्न मिल्ने “अम्रिकामा घर” को सांगीतिक सफलताको लागि हाम्रो तर्फबाट हार्दिक शुभकामना।
म्युजिक भिडियो:
प्रतिक्रिया