अमेरिकी महिला बास्केटबल टोलीले फ्रान्सलाई पराजित गर्दै लगातार आठौं ओलम्पिक जितेको छ । अमेरिकी महिला बास्केटबल टोलीलाई स्वर्ण पदक प्राप्त भएको छ ।
अमेरिकाले आठौं ओलम्पिक स्वर्ण पदक जितेर इतिहास रचेको छ । अत्यन्तै प्रतिस्प्रद्धात्मक खेलमा अन्तिम समयमा अमेरिकाले बाजी मारेको छ ।
अमेरिकी उत्कृष्ट महिला खेलाडी आजा विल्सनले २१ अंक बनाईन । यो संगै अमेरिकाले फ्रान्सलाई ६७-६६ को अङ्क ल्याउदै जीत हासिल गरेको छ । यो जीत संगै अमेरिकाको लागि लगातार आठौं पटक स्वर्ण पदक हो ।
१९३६ देखि १९६८ सम्म लगातार सात पटक ओलम्पिक जित्ने अमेरिकी पुरुषको इतिहासलाई समेत महिला टोलीले पछाडी पारि दिएको छ ।
महिलाको यो जीतसंगै अमेरिकी पुरुष टोलीले फ्रान्सलाई बास्केटबलको खेलमा हराएको २४ घण्टाभन्दा कम समयमै महिला टोलीले स्वर्ण पदक जितेको हो ।
प्रतिक्रिया