‘१२ गाउँ’को टिजर यति बेला डिजिटल प्ल्याटफम युटुबमा १९ नम्बर ट्रेडिंगको स्थानमा पुगन सफल

इनेप्लिज २०८१ भदौ ४ गते ११:२४ मा प्रकाशित

श्रावण ३२ गत्ते शुक्रबार सार्वजनिक सिनेमा ‘१२ गाउँ’को टिजर यति बेला डिजिटल प्ल्याटफम युटुबमा १९ नम्बर ट्रेडिंगको स्थानमा पुगन सफल भएको छ ।

उक्त सिनेमाको टिजर युटुबमा ट्रेडिंग २८ हुदै यति बेला हामीले समाचार तयार पर्दै गर्दा ट्रेडिंग १९ मा रहेको छ । टिजरले ट्रेडिंगको उकालो यात्रा तय गर्दै गर्दा अभिनेता बिराज भट्ट संगै उनका छोरा समिर लगायत सम्पूर्ण टिमले आफुहरुको कामलाइ दर्शकले बिश्वाश गर्दिएकोमा खुशी व्यक्त गर्दै सामाजिक संजाल मार्फत धन्यवाद समेत व्यक्त गरिरहेका छन ।

अभिनेता विराज पुत्र डेव्यु अभिनेता समीर भट्टको अभिनय र एक्सन अवतारमा उनले दिएको प्रस्तुतको दर्शकले यति बेला तारिफ गरिरहेका छन् । सिनेमाको सार्वजनिक टिजरमा सिनोमाका अधिकांश मुख्य कलाकारलाई स्थान दिइएको छ । उक्त सिनेमामा छोरा समिर संगै बिराज भट्ट आफै पनि देखिदै छन ।

दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको शुक्रबार एक्सन प्याक्ड टिजर रिलिज गरिएको हो ।

बिराज भट्टले आफना छोरा समिर भट्टलाइ १० बर्ष भारतमा गोप्य राखेका थिए । बिराजले छोरालाइ भारत राखेर मार्सल आर्ट र अभिनयको कठोर तपस्यामा होमिदिएका थिए । अहिले समिरको सोहि १० बर्षको तपस्या र विराजको त्यागलाइ दर्शकले भरपुर माया दिई रहेका छन ।

प्रतिक्रिया