दुःखद साथै हृदय विदारक परिघटना

इनेप्लिज २०८१ भदौ ७ गते १०:५४ मा प्रकाशित

यो जो जसलाई सम्बंधित छ।

वासिंटन डी.सी. खगेन्द्र अधिकारी

संयुक्त राज्य अमेरिकामा धेरै नेपाली समुदाय बसोबास रहेका राज्यहरुमा अमेरिकी राजधानी अर्थात् ग्रेटर वासिंटन डि. सी. क्षेत्रमा पर्ने भर्जिनिया राज्य पनि एक हो। यस राज्यको मनासस पार्क सिटीमा घटेको जघन्य प्रकृतिको अपराधीक घरेलू हिंसाको हृदय विदारक परिघटनालाई सरसरती बुझ्दाखेरी, अपराधीले धेरै पहिलेदेखि नै अपराध गर्ने र यसलाई दवाउने प्रयास गरिरहेको रहेछ भन्ने हामीलाई महसूस भै रहेको छ।

हाम्रो नेपाली समुदायमा पर्न गएको यस्तो निन्दनीय घटना र घटना घटाउने व्यक्ति प्रति खेद प्रकट गर्दै यस अमानवीय व्यवहार र विभत्स घटनाको भर्त्सना गर्नु हाम्रो साझा कर्तव्य हो।

साथै यस प्रकारका अप्रिय घटना र यस्ता घटनाबाट हामी सबै सचेत हुन आवश्यक छ भन्नेमा एकिन रहन र परिवार भित्र आपसी झै झगडा नगर्न र यस्ता अकल्पनीय साथै दुर्गति युक्त परिघटना प्रति सचेत हुन आवश्यक छ भन्नेमा बिस्वास गर्दै यसलाई हामीले पूर्ण रूपेण ख़्याल गरेर यथोचित रूपमा सजग रहन जरुरी समेत छ।

अहिले नेपाली भूमि बाट आएर संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका नरेश दत्त भट्टलाई मनासस स्थित सुरक्षा निकाय (प्रहरि) ले आफ्नै पत्नी ममता काफ्ले भट्टको मृत लास लुकाएको, यसलाई गोप्य राखेको, यस लासलाइ परिबर्तन गरि हत्या गरिएको भन्ने जघन्य अपराधको अभियोग सहित कानूनी कार्यवाहीको सिलसिलामा गिरफ्तारी (पक्राउ) गरी जेल चलान गरि सकेको बिषयमा हामी प्रायः सबै जानिफकार नै छौं।

मातृभूमि नेपालमा होस् या विदेशी भूमिमा होस् हाम्रो नेपाली समुदायमा श्रीमती ममता काफ्ले भट्ट जस्तै थुप्रै महिला दिदिबहिनिहरु आफ्नै स्वयं पति बाट र थुप्रै पुरुष दाजुभाइहरु स्वयं आफ्नै पत्नी बाट साना-तिना किच-किच, अनावश्यक रवाफ, असमझदारी, घरेलू झैं झगड़ा र आपसी वैमनस्यताका कारण मानसिक रूपमा धेरै नै मानिसहरु असुरक्षित रहेका छन्।

संयुक्त राज्य अमेरिका जस्तो सुरक्षित, समृद्ध र अति विकसित राष्ट्रमा पनि यस प्रकारका जघन्य अपराधहरु हुँनु आँफैमा धिक्कार छ। विदेशी मुलुकमा आफ्नो उन्नति र सम्बृद्दिको लागि सुनौला सपना बोकेर आँउनु हुँने तमाम हामी नेपाली समुदाय भित्र पनि यस प्रकारका कलंकित र कहिलैं पनि मेटाउन नसकिने स्थायी दागको कालो धब्बा लाग्नु भनेको सबैका लागि घृणा, खेदयुक्त र विडम्बनाको बिषय हो भनेर बुझ्न जरुरी छ।

धर्तिमा खोला त एक नासले बग्दैन भने मानिस हो उसको जीवनमा बिभिन्न किसिमका उत्तार चडाव त आई नै रहन्छन् नि भनेर घरेलू हिंसाका दुःख, पिडा र समस्याहरुलाई पनि सदैव नै सहजै रुपमा सहदैं कोहि पनि नवसौं।

उपरोक्त यस बिषयलाई ख़्याल गरेर नआत्तिकन आत्माबल कम्जोर नबनाई जीवनलाई सहजता पूर्वक सफल बनाउनका लागि आवश्यक कानूनी प्रावधानलाई जोहो गरेर सरलीकृत गर्न उत्तम हुनेछ भन्ने हाम्रो व्यक्तिगत साथै सामाजिक बुझाई छ।

सहन शक्तिले जीवनको धेरै पक्षहरू सबल त बनाउँछ नै तर कथंकदाचित यस प्रकारका समझदारीहरु सुनियोजित साथै कमजोरीमा परिणत भएमा यसले नकारात्मत र पुरै ज़िन्दगी नै जोखिम युक्त भै सत्यानाश हुने भएका खातिरमा पनि संयमित भै आवश्यकीय व्यवहार गर्न पर्ने हुन्छ। त्यो भनेको शोचनीय रुपमा अलग-अलग हुनु स्वयंसिद्ध र फलदायकअनि माननीय रुपमा परिणाम मुखि हुनेछ भन्ने हाम्रो साझा एवं संवेदनशील सामाजिक धारणा हो।

हरेक समस्याका कारणहरू हुन्छन्।यदि घरेलू रुपमा समस्याहरु श्रृंखलाबद्ध रुपमा भै नै रहन्छन भने र तिनका कारणहरू पत्ता लगाउन सकियो भने ति समस्याहरूलाई क़ानूनी नियन्त्रणमा सुल्झाउनु उत्तम हुनेछ।

कुनै पनि समस्या त्यस्ता हुँदैनन् जस्को समाधान नै छैन। तर यसको अलावा समाजमा अकल्पनीय रुपमा जघन्य अपराध घट्नु भनेको घृणित र दण्डित भागीदारी हो।फरक मत हुनु अपराध होईन तर श्रीमान् र श्रीमती बिच हरपल आपसी सहमति, नम्रता र शिष्टताले वास गर्ने समझदारीका सट्टामा अनावश्यक निजी स्वार्थ, बेतुकी घमण्ड र क्रुद्ध मूर्खताले वास गरेमा यसले प्रलय गराउन सक्छ भनेर बुझ्न जरुरी हुनेछ।

पिपासु स्वार्थमा लोभिएर बाँधिएको सम्बन्ध अक्सर ढिलो , चाँडो भत्किन्छ नै भनेर बुझेका थियौं तर अमेरिका स्थित भर्जिनिया राज्यको मनासस पार्क सहरमा भएको नेपाली समुदायमा घटित घटिया, क्रुर र हृदय विदारक घरेलू हिंसाको घटनाले मानवीयताको प्राकृतिक नियम र धर्म विपरीतको जघन्य आपराधिक गतिविधिमा आधारित गतिछाडां व्यवहारको वर्चस्वलाई अस्वाभाविक रुपमा अभिलेखिकरण गरेको छ।

यस प्रकारका घटिया साथै आपराधिक मामलामा आधारित दीर्घकालिक थकान गराउने कुनै पनि दुर्घटनाग्रस्त र नियोजित कुकार्यहरु भविष्यमा कहिले पनि पुनः नघटुन र यस पटकको माथि उल्लेखित अपराधीक कसुरमा समलग्न व्यक्ति उपर कडा भन्दा कडा सजाय होस भनेर न्यायिक निकायहरुमा विनम्रतापूर्वक सादर अनुरोध गर्दै नेपाली चेली ममता काफ्ले भट्ट प्रति न्यायालय बाट उचित र सम्मानपूर्वकको न्याय निरुपण हुनेछ भनेर बिस्वास गर्दछौं।

अन्तमा, आदरणीय नेपाली चेली ममता काफ्ले भट्टको भौतिक सरिरको निरन्तर खोजि कार्य र न्यायिक व्यवस्थाको सन्दर्भमा प्रत्यक्ष र अप्रत्यक्ष रुप बाट मनासस पार्क सुरक्षा कर्मी यानेकी प्रहरी निकायमा मेहनतका साथ आवश्यक सहयोग पुर्याउन दत्तचित्त भै अहोरात्र लागिपर्नु भएका आदरणीय र मान्यवर प्रत्येक व्यक्ति, सबै संस्थागत निकायहरु एवं समग्र संचार जगत प्रति हार्दिक नमन् सहित आभार प्रकट गर्नु हामी सबैको मानवीय एवं सामाजिक दायित्व हो भनेर सकारात्मक दृष्टिकोण बाट बुझ्न धेरै नै आवश्यक ठहरिन्छ भन्ने हाम्रो साझा बिस्वास एवं नैतिक ज़िम्मेदारी हो भन्दै पुनः यस “दुःखद एवं अकल्पनीय साथै जघन्य आपराधिक मामला” प्रति दुःख व्यक्त गर्दै पुरै “आलेख” लाई बिट मार्ने जमर्को गर्दछु।

(लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित, ईमानदार एवं मर्मस्पर्शी सामाजिक सेवाका क्षेत्रमा कटिबद्ध रहेका विभिन्न सामाजिक संघ-संस्थाहरुमा समेत आबद्ध हुनुहुन्छ)

प्रतिक्रिया