क्यानडाको एडमण्टनमा दशैँ कप फुटबल प्रतियोगिता सम्पन्न

सुरेन उप्रेती एडमण्टन क्यानडा २०८१ असोज १ गते २१:४७ मा प्रकाशित

क्यानडाको एडमण्टनमा २०१६ मा स्थापना भएको हिमालय रकी स्पोर्टस् क्लव ( HIMALAYA ROCKYSPORTS CLUB HRSC) EDMONTON) ले सँधै झैँ यस वर्ष पनि २०२४ को नेपाली हिन्दुहरूको महान चाड विजय दशमीको उपलक्ष्यमा दशैँ कप सकर प्रतियोगिता सम्पन्न गरेको छ । यही सेप्टेम्बर १४ तारिकमा मिलउड स्पोर्टस् पार्कमा प्रतियोगिता सम्पन्न भएको थियो । चालीस वर्ष माथिको उमेर समूहमा चार टिमहरूको सहभागिता रहेको थियो । त्यस्तै गरी खुला समूहमा दुई टिम सामेल भएका थिए । चालीस वर्षमाथिका टिमहरूमा साउथ एममण्टन एफसी, क्याप्टेन: शिव बराल, टिम डाउन टाउन, क्याप्टेन: भुवन पन्त, एभरेष्ट सकर ग्रुप, क्याप्टेन: विष्णु थपलिया र सकर फर फन, टिमका क्याप्टेन: परमेश्वर बरालका नेतृत्वमा टिमहरूको सहभागिता रहेको थियो । यस समूहको खेलमा साउथ एडमण्टन एफ सीले प्रथम स्थान प्राप्त गरी ट्रफी र मेडलहरूको तावेदार भयो । सो समुहमा डाउन टाउन टिमले रनरअपको स्थान लिन सफल भयो ।

त्यस्तै गरी खुल्ला तर्फ भएको प्रतियोगितामा HRSC Yetis टिमले प्रथम स्थान हासिल गरी ट्रफी र मेडलहरू प्राप्त गर्यो । कार्यक्रममा Spicy Kitchen and Bar र MO MO सौजन्यता प्राप्त भएको थियो । सबै सहभागी खेलाडीहरू र दर्शकहरूलाई निशुल्क मासु चिउरा र सेलरोटी उपलब्ध गराइएको थियो । हिमालय रकी स्पोर्टस् क्लब (HIMALAYA ROCKYSPORTS CLUB HRSC) EDMONTONका तर्फबाट विकास आचार्य (BIKI) को संयोजकत्वमा यो प्रतियोगिता सम्पन्न भयो । आफ्नो जन्मभूमि भन्दा हजारौँ माइल टाढा हुँदा पनि साथीभाइहरूसँग यस प्रकारका आयोजनाले नजिक बनाउँछ । नजिकै आउन लागेको दशैँ तिहार र चाडबाडमा मातृभूमिमा जान नपाएका अवस्थामा आफ्नै भाषी दाजुभाइ तथा दिदी बहिनीहरूसँग भेट हुँदा गाँउ मै पुगेको अनूभुति हुन्छ । अझ सेलरोटी र मासु चिउराले घरै पुगेको आभास हुन्छ, सहभागीहरू बताउँछन् ।

Screenshot

प्रतिक्रिया