नेवा: अर्गनाइजेसन अफ अमेरिका, सिएटल शाखाले यसै सातादेखि नेपालभाषाको कक्षा सुरु गरेको छ ।
यस कक्षामा नेवा:, गैर नेवा: र नेपालभाषा नबोल्ने अमेरिकीहरू सहभागी छन् ।
नेपाल भाषाका लेखक, हलि नेवा: दबूका साहित्यिक राजदूत तथा सिकागोमा २४ बर्ष देखि बस्दै आयका हलि नेवा: दबू, अमेरिका शाखाका वरिष्ठ उपाध्यक्ष केशरमान ताम्राकारले प्रत्येक सोमबार साँझ ६ बजेदेखि ७ बजेसम्म जुम प्रविधि मार्फ़त कक्षा बस्ने भएका छन् ।
उहाँले अमेरिकाका विभिन्न राज्यमा बसोबास गरिरहेका नेपालभाषा बोल्न चाहनेहरूका लागि सन् २०२० देखि यस्तो कक्षा सञ्चालन गर्दै आयका छन् । उहाँले अहिलेसम्म नेवा: अर्गनाइजेसन अफ अमेरिका, फ्लोरिडा शाखा, नेवा अर्गनाइजेसन अफ न्यु इङ्ल्यान्ड, बोस्टन र वर्ल्ड नेवा: दबू, अमेरिका शाखाबाट हरेक वर्ष नेपाल भाषाको कक्षा सञ्चालन गर्दै आएका छन् । हालसम्म उहाँले ६ देखि ३२ वर्षका विद्यार्थीलाई नेपाल भाषा सिकाउँदै आएका छन् ।
प्रतिक्रिया