दशै लाग्यो त पहिरे!
दशैमा –
केटाकेटीले नयाँ नानाले सरम छाेपे झै
सुन्छु -तेराे आङमा पनि
“बेली बिज्र “काे धराेले
“लाज” छाेपिदै छ रे।
लालाबाला नयाँ वस्त्रले फुरुङ्ग भए झै
“बेली बिज्र”काे “अस्त्र”ले
कतै तँ पनि दङ्ग छस् कि?
तर,त्यो –
निरीह आमाले,
उधुम आर्थिक चपेटामा परेकाे बाबाले,
नयाँ नानाका लागि
तिजमा दशै भन्ने ,
दशैमा तिहार भन्ने ,
तिहारमा नयाँ बर्ष भन्ने ,
र,नयाँ बर्षमा-फेरि तिज भन्ने
उदाङ्गाे जीउ ढाक्ने-
सुन्दर वस्त्र नहुन सक्छ “बेली बिज्र”
त्याे त केवल ” अस्त्र” हुन सक्छ ।
कि नेताकाे भर गर्छस् पहिरे?
काम गर्ने भए-नेता,
“समाजसेवी” भै हाल्थे नि!
मन बुझ्ने भए -नेता,
“दीलदार” भै हाल्थे नि!
पीडा बुझ्ने भए-नेता,
“श्रद्धेय”भई हाल्थे नि!
नढाट्ने भए -नेता
“मान्छे ” भै हाल्थे नि!
त्यसैले ,
अस्त्रका पछि लाग्दै नलाग पहिरे-
वस्त्रकापछि लाग।
यदि ,दशैमा के गर्ने भनेर-
चिन्ता मग्न छस् भने-
चिन्ता पिटिक्कै नगर पहिरे
पहिरे खाेलामै लिङ्गे पिङ हालाैला,
पारीबाट पिङ चढाैला-
र,वारि खुत्रुक्क झराैला।
(गाउँले चाैतारी,रामपुर,ओखल्ढुङ्गा )
प्रतिक्रिया