तमु धीं भर्जिनियाले नेपालीहरुको महान दोस्रो ठूलो पर्व दीपावलीको अवसर पारेर आसवर्न शहरमा भव्य देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ ।
वर्षे पिच्छे तिहारमा लक्ष्मीपूजा सहित समाजले देउसी भैलो कार्यक्रम आयोजना गर्दै आईरहेको परिप्रेक्षामा यस वर्ष पनि विगतका वर्षहरुमा भन्दा बढी से बढी जन सहभागिता गराएर रमाईलो तवरले देउसी भैलो खेल्दै, नाचगान गरी धुमधामले दीपावली मनाउने तयारी गरीरहेको समाजका अध्यक्ष नन्द कुमार गुरुङले ई-नेप्लिजलाई बताए ।
अध्यक्ष गुरुङले आफ्नो व्यक्तिगत तर्फबाट र समाजको तर्फबाट वासिङटन् डिसी महानगर वरपर रहनुहुने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुलाई स- परिवार,छर छिमेकी,साथीभाई, ईष्टमित्र सहित सरिक भई तमु धीं भर्जिनियासँगै दीपावलीको रमाईलो देउसी भैलो कार्यक्रममा उपस्थिति जनाई दिनु हुन अनुरोध गर्दै सबैलाई चूल्है-निम्तो दिएका छन् ।
कार्यक्रममा देउसी भैलो सहित मिठो नेपाली स्वादिष्ट स्वदेशी परिकारहरुका खाना निशुल्क व्यवस्था गरिने छ । साथै डिजे संगीतको पनि भरपूर मनोरन्जन समेतको आयोजना गरिने छ ।
कार्यक्रम हुने स्थान, मिति र समयको विस्तृत जानकारी यस प्रकार रहेको छ ।
स्थान : DELHI 6, 43761 Parkhurst Plaza #124, Ashburn, VA 20147.
समय : ठीक ५ बजे देखि शुरु
मिति : अक्टोबर २७ ,आइतबार ,२०२४
प्रतिक्रिया