अमेरिकाको डिसी महानगर क्षेत्रमा आगामी अक्टोबर ५ शनिबारका दिन आयोजना हुने दशैं तिहार महोत्सव २०२४ को तयारी पूरा भएको छ ।
नेपालका लोकप्रिय, सर्वाधिक मन पराइने मध्ये कै कलाकारहरु क्रमस प्रमोद खरेल, अन्जु पन्त ,निमा रुम्बा ,मिलन नेवार लगायतको बेजोड प्रस्तुती हुने भएको छ ।
साथै पहिलो पटक प्रत्यक्ष (लाइभ )दोहोरी हुने भएको छ । उक्त दोहोरीमा हाल मेरिल्याण्ड क्षेत्रमाइ बसोबास गर्ने र नेपालीकी चर्चित लोक दोहोरी गायिका शान्ति भण्डारी तथा लोकप्रिय लोक दोहोरी गायक रमेश परिवारको प्रस्तुति हुनेछ ।
अक्टोबर ५ शनिबारक दिन साँझ हुने सांस्कृतिक कार्यक्रममा नेपालका स्थापित तथा अत्यन्तै व्यस्त कलाकारहरु,स्थानीय कलाकारहरुले भरपूर मनोरंजन दिलाउने भएका छन् । यस्ता ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति तथा दोहोरी गीत हेर्न केवल १५ डलरको मात्र टिकट राखिएको छ ।
तर बिशेष स्थान र कुर्सीमा बसेर हेर्न इच्छा गर्ने दर्शकहरुको लागि १०० डलरको टिकट समेत व्यवस्था मिलाईएको छ । साथै १०० डलरको टिकट खरिद गर्नेले कलाकारहरुसंग भेटघाट गर्न समेत पाउने आयोजकले बताएका छन् ।
गत बर्ष अपार सफलताको साथ सम्पन्न भएको महोत्सव यस बर्ष भोली अक्टोबर ५ शनिबारका दिन हुनेछ । डिटी फेस्टिभल अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, र समुदायको सबैभन्दा ठूलो उत्सवको रुपमा मनाइने छ ।
यो बर्ष समेत यो महोत्सव तेश्रो संस्करण हो । यस बर्ष पनि उक्त महोत्सव प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स मनासस आयोजना हुनेछ। गत बर्ष ४,५०० जना मानिसहरुको प्रभावकारी उपस्थिति रहेको थियो भने २०२४ मा पनि अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा सम्झनलायक नेपाली भेला बनाउने आयोजकको प्रतिबद्धता जाहेर गरेका छन् ।
१५ डलरको उक्त टिकट खरिद गरे पछि त्यसैले राती १० बजे सम्म मनोरंजन लिन सकिने छ ।
त्यहा आफूले इच्छा गरे अनुसार खानेकुरा खरिद गरि खान पाइने छ । डिटीफेस्ट २०२४ अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलाको जीवन्त उत्सव हो। गत बर्ष पनि सफलतापूर्वक दशैँ तिहार मेला सम्पन्न गर्न सफल भएको आयोजक ३-ई इन्टरटेन्टमेन्ट रहेको छ ।
यस बर्ष महोत्सवमा रंगीन चङ्गा महोत्सव, प्रेरणादायी कला प्रदर्शनीहरू, विभिन्न विक्रेताहरूबाट परम्परागत नेपाली भोजनका परिकार , हस्तकला, कपडा बिक्रि वितरण लगायत बिगत झैँ स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने छ ।
कार्यक्रमको बिस्तृत जानकारी यस प्रकार छ :
मिति: ५ अक्टोबर २०२४
समय: दिउँसो १२ बजे देखि राति १० बजे सम्म
स्थान: प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, 10624 डमफ्रिज रोड, मनासस, VA 20112
थप जानकारीको लागि आधिकारिक वेबसाइट www.dtfest.comमा थिच्नु होला ।
प्रतिक्रिया