अमेरिकाको राजधानी वाशिंगटन डिसीमा बेहोस अवस्थामा फेला परेका ५ वर्षीय बालकको मृत्यु भएपछि एक व्यक्ति पक्राउ परेका छन् ।
उत्तरपश्चिम डिसीमा एक ५ वर्षीय बालकको मृत्युमा संलग्न एक व्यक्तिलाई गत आइतबार बिहान पक्राउ गरिएको डिसी प्रहरीले जनाएको छ।
अचेत अवस्थामा बच्चा रहेको खबर प्राप्त भए पछि डिसीको कनेक्टिकट एभिन्यू मार्गको ४५०० घर समूहमा प्रहरीहरु बोलाइएको एक दिन पछि प्रहरीले ३२ वर्षीय डिआन्ड्रे पेटसलाई पक्राउ गरेको छ ।
बालकलाई पछि अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको प्रहरी अधिकारीहरूले बताए ।
अनुसन्धान जारी रहेको डिसी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया