फर्किएको खुशी

अच्युत कुइकेल डाछी काठमाण्डौं २०८१ असोज २६ गते १५:१९ मा प्रकाशित

धेरै दिनको झरी पछि आज आकाश खुल्ने संकेत देखिएको छ । बारीमा कमल र सिता झरीले भिजाएको दाउरा सुकाउने तरखरमा छन । पिंढिमा बसेर बुवा धनप्रसाद पुजापाठ गर्दै हुनुहुन्छ ।आंगनमा चराहरु चारा टिप्न व्यस्त छन, बुवालाइ खकार आउछ ।खोकीको आवाज सुनेपछि चराहरु उड्छन ।अलिपरको गोरेटो बाटोमा विकासले खसी डोहोर्याउदै गरेको देखिन्छ ।”कता हिंडिस ए विकास” बुवाले मायालु लयमा भन्नुभयो ।”बाजे यो खसि बेच्न हिंडेको ,अब दशैं आयो यही खसी बेचेर दशैं मनाउनुपर्यो ,त्यहि भएर बजार हिंडेको नी “विकासले भने। “हैन अरुहरु दशैंमा खसी किनेर मनाउछन, तिमि खसी बेचेर मनाउने भन्छौ! के हो कुरा ?कति खसी छन र ? “यहि एकै हो ।बेच्नुपर्यो, रुपैया छैन ,लालाबालालाइ नाना किन्न पाको छैन बाजे” आफ्नै लवजमा विकासले भने ।”ए कमल यता हेर त बा”।यो खसी बेच्ने रे यही किने हुन्न दशैंको लागि।कता जान्छौ लिन” ।बा को कुरा सुनेपछी कमल ले भने “कति हो विकास यसको “? दिनुन ३० हजार जति ,१८।२० धार्नि मासु होला ।खसी

उचाले पछी कमलले भने ३० हैन २६ हजार मा देउ ।दुब्लो छ खसी पनि ।।ल त्यही भएपनि दिनु हार मान्दै विकासले २६ हजार नोट गनेर खुशी हुदै हिंडे । “सिता! ए सिता, यो खसि लगेर थाममा बाध है ।म एक छिन पानि लिएर पाउछु भनेर कमल पनि पधेरा तिर लागे ।बुवा किताव थन्काएर भित्र पसे । १५ मिनेट जति पछी कोहि बोलेको सुनिन्छ ।बा बा ऽऽ !!! “हैन को हो”? भित्रबाट बुवा बोलेर निस्कनुहुन्छ ।म के म ! हजुरको मावली गाउको भाइको छोरा।दशैं मनाउन घर जान हिंडेको ! अस्ति सम्म सब ठिक थियो बाटो घाटो ।हिजो हामी आउदै गरेको समयमा हाम्रो आखै अगाडी एक बस पहिरोले पुर्यो नी।बाटो अवरुद्द भयो ।रातभरी बाटोको बास भयो हाम्रो ।माथि गाउ तिर जाने बाटोमा पनि ठाउ ठाउमा पहिरो गएर जान नसकिने भएको छ रे !अब यो दशैंमा हजुरकै टिका लगाउन भनि आएको म बा। “ओहो बिचरा कति दुख पाएछौ ! आउ बस “।”कमल ए कमल हेर त को आएछ “।दिपक बाबु आएका रहेछन। हाम्रोमा दशैं मान्ने गरि ।”नमस्कार” कमलले दिपकलाइ नमस्कार गरी परिचय गर्छन। खुशि लाग्यो यो दशैंमा सम्झेर आउनु भयो ।बुबाको मा टिका लगाउन त आइहाल्थें ,तर घर जान पाइन ।यो बर्षको पहिरो र बाढिले दशैं खल्लो होला जस्तो लागेको थियो ।बुबा संग भेट भयो ,हाम्रो खुशि फर्कियो ।दिपक बाबु त्यसो नभन अष्ट्रेलियाबाट कान्छो छोरा निरन र अमेरिकाबाट नाति नविन पनि आउने कुरा थियो ।आउन मिलेन रे दुबैजनाको ।तिमि आयौ घरमा छोराको न्यास्रो र नातिको माया एवं झझल्को मेटिने भयो ।” खुशि लाग्यो । यो बर्ष झरी ,बाढि ,विनास भयो। ,बाटाघाटा पुल बिग्रियो ।कति

कठिन।टिका लगाएर नया नोट लिएर रमाउने केटाकेटिलाइ यो बर्ष के भनेर सम्झाउने हो ।किन हो नया नोट नपाउने रे माथिको गोपालले खुद्रा नोटहरु जम्मा गरेर सरफमा पखालेर आगनमा सुकाएका रहेछन ।हामी के गर्न हो ” कमलले भने ।”हैन राष्ट्र बैंकको नोट त्यसरी धुने च्यात्ने गर्न नहोला नी !कानुन लाग्दैन” बुबा ले भने। “खै के हो त्यो त ।हामीले नोटको जतन गर्नुपर्छ । केरमेट गर्ने फोहोर गर्ने काम गर्नु हुदैन। मैले बुझेको त्यहि हो “कमलले भने ।सिता यता हेर त दिपक बाबुलाइ बस्ने व्यवस्था गर ।

“यो बर्ष धेरै घटना परिघटनाहरु भए ।नया नोट पाइएन ।नया लुगा पनि पर्याप्त पाइएन ।बाटो असहज हुदा फलफुल खाद्यान्न आपुर्ति पनि पर्याप्त हुन सकेन। विदेश गएका छोरा नाति पनि आउन सकेनन ।तर यो बर्षको दशैंमा निरन र नविन आउन नपाए पनि संयोगले दिपक बाबु विदेशबाट फर्किएर आउनु भयो हाम्रो घरमा ।यही रमाइलो भयो । अब गच्छे अनुसार खर्च गरेर रमाइलो गरेर दशैं मनाउनुपर्छ “।यति कुरा बाबु धनप्रसादले बोल्दाबोल्दै भने ए.. ए.. ए. ल ..ल ..समाउ समाउ !! थाममा बाधेको खसी दाम्लो चुडालेर भाग्यो त !”कमल.. ए कमल !! त्यो आवाज सुनेर कमल दौडिएर गए।खसी भाग्यो।भाग्दा भाग्दा खसी त विकासको आगनमा पुग्यो ।विकासलाइ देखेर खसी रोकियो ।उनले खसिलाइ मुसारे । हस्याङ्ग फस्याङ्ग गर्दै कमल देखा परे।विकास अक्क न बक्क भए ।कमलले भने “हेर विकास, खसी तिमिको मा भागेर आयो।बल्ल भेट्टाए।दाम्लो,डोरी छ की हेर त म खसी लैजान्छु ।साच्चि तिमिले दशैंमा के गर्ने भयौ त।”खै म त बजार जान पाको नै छैन” विकासले

भने ।भो अब तिमि पनि चिन्ता नगर !हाम्रो दाइ निरन र छोरा नविन पनि आउन नपाउने रे ।यहि खसी बाडेर खाउला ।म खसी लिएर जान्छु ।मासु बाडेर खाउला। यति भनेर कमल खसी लिएर घर हिंडे। घर पुग्दा सिता हसिलो मुहार लिएर आगनमा देखा परिन।”ल खसी फेला परेछ त “।पिंढिमा बसेका बुबाले भने । संयोगले दिपक बाबु पनि फर्किएर दशैं मनाउन आउनु भयो । झण्डै भागेको खसि फर्किएर आयो ।अब सबै मिलेर दशैं मनाउनु पर्छ । मेरो तर्फबाट आजैबाट तिमिहरु सबैलाइ दशैंको शुभकामना ।यति भनेर बुबा घर भित्र छिरे।हस बुबा हजुर हामी सबैमा दशैंको शुभकामना ।सबैले एक आपसमा शुभकामना साटासाट गरे ।

[email protected]

सम्पर्क नं ९८४१ ३६५३३८

प्रतिक्रिया