टोरन्टोको मेलामा घन्किए तिलकबम मल्ल-प्रसङ्ग मेलाको

इनेप्लिज २०८१ असोज २९ गते २२:०३ मा प्रकाशित

डा गोविन्द सिंह रावत

क्यानडामा सन् १९९१ मा नेपाली एशोसिएसन इन क्यानाडा – नेक (एन.ए.सी.) पहिलो संस्थाका रुपमा स्थापना भएपछि नेपालीहरुका बीच सम्बन्धको आदानप्रदान शुरु भयो । त्यसको तीन वर्षपछि सन् १९९४ मा नेपालिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एन.सी.एन.सी.) को स्थापना भएपछि न्यूज लेटर हुँदै लाली गुँरास अनि दियालो पत्रिकाको प्रकाशन शुरु हुन्छ । संस्थागत् विस्तारले नेपालीहरुलाई दसैँ, तिहार र नयाँ वर्ष जस्ता चाँडबाड मनाउन संस्थाले एउटा चौतारीको काम गरेर नेपालीहरुका बीच भेला गर्ने गराउने वातावरण सिर्जना हुँदै जान थाल्छ । विस्तारै क्यानडामा नेपालीहरुको सङ्ख्या बढ्दै जान थालेपछि संस्था पनि थपिदै जान थाल्छन् । सन् २००० मा टोरन्टोमा स्थापना भएको एन.सि.सि.एस. (नेपालिज क्यानेडियन कल्चरल सर्भिसेस) ले स्थापना कालदेखि नै सक्रिय भएर विभिन्न क्रियाकलापमा आवद्ध हुँदै आएको छ ।

एन.सि.सि.एस.को आयोजनामा नेपाली मेला : हिमालयन फेस्टिभल’ को सोहै संस्करण गत अगस्त महिनामा भव्यताका साथ सम्पन्न भएको थियो ।

एन.सि.सि.एस.को आयोजनामा नेपाली मेला : हिमालयन फेस्टिभल’ को सोहै संस्करण गत अगस्त महिनामा भव्यताका साथ सम्पन्न भएको थियो । हिमालयन मेला नेपाली साँस्कृतिक धरोहरको एउटा भव्य उत्सव हो, जसले नेपाली समुदायको साँस्कृतिक विविधता र समृद्धिको सम्मान गर्दछ । क्यानडाको व्यवसायिक राजधानी टोरन्टोको मुटुमा रहेको नेथन फिलिप्स स्क्वायरमा सम्पन्न भएको मेलामा यसपटक उल्लेखनीय दर्शकहरुको उपस्थिति देखियो । यसलाई अद्भुत नै मान्नु पर्छ ।

सेप्टेम्बर २४, २००६ का दिन पहिलोपटक आयोजना गरिएको हिमालयन मेलामा खर्च जुटाउन संस्था र मेला अंकित टी–सर्ट बनाएर पाँच डलरमा बेचिन्थ्यो । खोजी खोजी स्थानीय कलाकार जुटाएर तिनै कलाकारका एउटै कार्यक्रम दुई–दुईपटक देखाएर समय अवधि पुर्याउने गरिन्थ्यो । शुरुमा लगभग दुई–तीनसय दर्शक पाएर सफल बनेको हिमालयन मेलामा अब हजार हैन हजारौं दर्शक देखा पर्न थालेका छन् । यसपटक सात हजारको अनुमान गरिएको थियो भने अर्को वर्ष त दसै हजार नाघ्ला की । पहिलो मेलामा पर्यटन मन्त्रालय र महावाणिज्यदूतबाट नेपाल भ्रमणलाई आकर्षक पार्ने सामग्री (पर्चा आदि) वितरण गरिएको थियो भने दुईचारवटा मात्र फुड स्टल देखिएका थिए । नेपालको पहिचानसहीतको झल्को देखाउन झ्यालिञ्चासहीतको लाखे नृत्य प्रदर्शन गर्न अन्तिम समयसम्म पनि कलाकार नपाईएपछि र्सिजना पन्त (एनआरएन, क्यानडाका पहिलो महासचिव) ले लाखे र स्वयम् पोखरेलले झ्यालिञ्चाको पहिरन लगाएर मेलामा रौंनक भरेको सम्झना आलै छ । त्यसबेला विशाल टोरन्टोमा उपलब्ध गीत–संगीत र नृत्यप्रति चासो राख्ने कलाकारहरुबाटै गीत, नृत्य र झाँकीहरू प्रस्तुत गरिन्थ्यो । विस्तारै विस्तारै मेलामा दर्शकहरुको बाहुल्यता बढाउन नेपालबाट कलाकार बोलाउन थालियो । यसरी खुला मञ्चमा हजारौं दर्शकहरुका माँझ मनोरञ्जन पस्कनका लागि चर्चित गीत गाउने गायकको आवश्यकता रहने गर्दछ । कलाकारहरूको उपस्थितिले मेलामा एक प्रकारको विशेष वातावरण सिर्जना गराउँछ र नेपाली सांगीतिक परम्पराको समृद्धि दर्शाउँछ ।

विगतमा सम्पन्न मेलाहरुमा देखापरेको उत्साहको मूल्याँङ्कन र दर्शकहरुको प्रतिक्रिया बुझ्ने हो भने दर्शकलाई नाँचु नाँचु बनाउनेमा सबैभन्दा पहिले शम्भुजित बास्कोटाको नाउँ आउँछ । त्यस बेला उपस्थिति कम भए पनि दर्शकमा ऊँर्जा थप्ने काम भएको थियो । त्यस्तै , निमा रुम्बा, नलिना चित्रकार, यम बराल, प्रमोद खरेल, शरिष्मा र संजीव प्रधान, शिव परीहार, गम्बु शेर्पा (तिब्बती गायक), समीर आचार्य, हेमन्त राना, मीना निरौला, देवीका केसी र गायनमा आफ्नो बेग्लै स्थान निरुपण गर्न सफल भएका रामकृष्ण ढकालसम्मले नेपाली मेलामा आफ्ना प्रस्तुति पस्केरा दर्शक रमाउने र नचाँउने काम गरेका थिए । दर्शकलाई नचाँउँदै रमाउँदै मेला मनाउने वातावरण सिर्जना गराउने प्रस्तोताको सम्झना यहाँका दर्शकको सम्झनाको मनमस्तिष्कमा आलै छ । यहीँ मेलाको मञ्चमा २००८ मा आनी छोइङ डोल्माले हसीला यमीसँग मिलेर दर्शकलाई संगीतको आनन्द पनि दिएका थिए । स्थानीय कलाकारहरुको प्रस्तुतिलाई आधार मानेर शुरु भएको नेपाली मेलाले आजको मितिसम्म स्थानीय कलाकारहरुकै प्रस्तुतिका माध्यमबाट सफलता पाउँदै गएको छ । मेलामा रौनक र विविधता भर्नका लागि नेपाली संगीत क्षेत्रमा ख्याति पाएका गायक–गायिकालाई निम्त्याउँन थालेपछि दर्शक सहभागितामा पनि ब्यापकता देखिन थालेको छ । यो मेला केवल नेपाली सांगीतिक प्रदर्शनमा मात्र सीमित नरहेर यसले स्थानीय कलाकारहरूको प्रतीभा प्रष्फुटन गराउनमा एउटा समृद्ध साँस्कृतिक अनुभव प्रस्तुत गर्दछ । एन.सि.सि.एस. ले हिमालयन मेलाको सुरुवात गर्दा जुन किसिमको चुनौती भोग्नु परेको थियो, त्यो आजको मितिसम्म आईपुग्दा निकै कम भइसकेको छ । तर आर्थिक रुपमा भने दायित्व बढ्दै गएको छ । प्रारम्भमा निशुल्क पाईने नेथन फिलिप स्क्वायरको लागि आज शुल्क तिर्नु पर्छ । सानातिना चुनौतीहरू अहिले पनि संस्थाले भोग्दै आएको छ । तर पनि नेपाली मेलालाई विशाल टोरन्टोमा बस्ने नेपालीहरूले आफ्नो राष्ट्रको संस्कृति झल्काउने कार्यक्रम भनेर सबैले साथ र सहयोग गर्दै आएका छन् ।

यो मेला केवल नेपाली सांगीतिक प्रदर्शनमा मात्र सीमित नरहेर यसले स्थानीय कलाकारहरूको प्रतीभा प्रष्फुटन गराउनमा एउटा समृद्ध साँस्कृतिक अनुभव प्रस्तुत गर्दछ ।

मेलाको थालनी नेपालको परीचय दूर देशमा गराउन र बहुरङ्गिय नेपाली सँस्कृतिलाई आप्रवासमा देखाउने उद्देश्यका साथ भएको थियो । त्यसका लागि क्यानडा आयोजकले नेपालमा पर्यटन मन्त्रालयसँग सम्पर्क गरी पर्यटन सामग्री मगाँएर मेलामा एउटा बेग्लै कक्षबाट पर्यटन प्रबद्र्धन सामग्री बाड्ने काम भएको थियो । त्यस्तै एउटा कक्षमा नेपाली हस्तकलाका सामग्रीसँगै चित्रकलाको प्रदर्शन र बिक्री कक्ष बनाईएको थियो । कार्यक्रममा विशाल टोरन्टोका महावाणिज्यदुत डा. कुञ्जर शर्मासँगै त्यसबेलाका तत्कालिन मेयर र अन्टारियोका प्रिमियरको समेत उपस्थित हुने ग¥थ्यो । क्यानडामा अक्टुबर १, २००९ मा मात्र नेपाली दूतावासको स्थापना भएपछि २०१० देखि नेपाली राजदुतको उपस्थिति मेलामा देखिन थाल्यो । नेपाली मेलामा दर्शकको संख्या बढ्दै जान थालेपछि नेपाली परिकारका विभिन्न स्वादका साथै अन्य नेपाली सामग्रीहरुको बेचखिानका लागि नयाँ नयाँ पसलहरु संचालन हुन थाल्यो । गत वर्षदेखि नेपाली खाद्यान्नले पनि मेलामा स्थान पाउन थालेको छ । यसलाई एउटा सकारात्मक पहल मान्नु पर्छ । त्यसैले अबको नेपाली मेला मनोञ्जनका लागि मात्र नभएर हाम्रो बाउबाजेहरुको पालामा ईच्छानुसार किनमेल गर्न मेला भर्न जाने वातावरण बन्दै गएको छ । अनि साँच्चीकै टोरन्टोको मेलामा नेपालीपनको आभाष दिदै नेपाली सामग्रीहरु पाउन थालेका छन् । अनि त मेलाबाट फर्कने क्रममा कसैको झोला वाईकाई चाउचाउको बक्सा हुन्छ भने कसैको झोलामा रातो चिउरा, सानो केराउ, कालो दाल त कसैकोमा कुर्ता सुरुवाल, साडी आदी पहिरन बोकेर निस्केका हुन्छन् ।

चर्चा लोकपक गायक तिलकबम मल्लको :

यसपटक नेपाली मेलामा रौनकता भर्न र मनोरञ्जन पस्कन गजल गायनमा आफ्नो बेग्लै स्थान ओगट्न सफल अञ्जु पन्तलाई बोलाईएको थियो भने दर्शकमाँझ झन्कार भर्न लोक रकपक गायक तिलकबम मल्ललाई निम्त्याईएको थियो । पोखराका सहिद थिरबम मल्लको परिवारका एक होनहार प्रतीभा तिलकबमले नेपालमा लोकपप सङ्गीतका दर्जनौं हिट नेपाली पप गीत गाइसकेका छन् र ती गीतहरू अहिले पनि नेपाली युवाको मन र स्वरमा खेलिरहेका छन् ।

सानैदेखि गीतको सौकिन तिलकले रेडियो नेपालबाट स्वर परिक्षण उत्र्तिण भएपछि गायनलाई सौकिन बनाएर रेडियो नेपालमा प्राविधिक भएर काम गर्न थाले । तर उनको बढी रुचि र झुकाउँ गीत संगीत तर्फ भएकोले नेपाली लोकगीतमा नयाँ सोंच पहिल्याएर नेपालमा लोक पप संगीतको अग्रगामी बनेर देखा पर्छन । अनि जागिर छोडेर परीवेश डिजिटल रेकार्डिङ्क स्टुडियो खोल्न पुग्छन् । यहीँबाट शुरु हुन्छ मल्लको साँगीतिक यात्रा । परिवेश र परिवेश–२ गरी आफ्ना साँगीतिक आल्बमहरुबाट श्रोतामाँझ आफ्नो परिचय बलियो पार्दै जान्छन् । अनि लोकपप गायकका रुपमा आफुलाई स्थापित गर्न सफल हुन्छन् ।

लोक र पक गीतको फ्युजनबाट आफ्नो बेग्लै ठाँउ बनाउन सफल तिलकको एकपछि अर्को हिटलाई पिट्दै नेथन फिलिप स्क्वायर थर्काएका थिए ।

उनका लोक–पप गीतहरूमा प्राचीन नेपाली लोक र पाश्चात्य पप गीतको फ्युजन पाइन्छ । यही संगीतको नवविधालाई उनले अफ्नो गायनको माध्यम बनाएर पोखराको स्थानीय समूहसँग मिलेर परिवेश नामको म्युजिकल ब्यान्ड स्थापना गराएर आफ्नो प्रतीभाका प्रस्तुतिहरु प्रदर्शन गर्दै जान थाले । स १९९० मा आफ्नो पहिलो एकल एल्बम ‘परिवेश’ श्रोतामाझ आएपछि तिलन नेपाली साँगीतकि समाजका माझ परिचित हुन थाल्छन् । यसैको सफलतापछि “परिवेश भोल्युम २“ ले बजारमा स्थान पाउँछ । यस अल्बमले उनलाई उनलाई नेपालमा प्रसिद्ध लोक–पप गायकको रूपमा स्थापित गराउँछ ।

यसपटकको मेलाले आजसम्मकै रेकार्ड तोड्दै छ–सात हजार दर्शकको हाराहारीमा दर्शकलाई टोरन्टोको नेथन फिलिप स्क्यायरमा उभ्याउन सफल भएको थियो । यसपटक मेला भर्न आएका स्रोतालाई तिलकबम मल्लले थाक्नेगरी नचाउन सफल भएका थिए । ‘मुटु छुने लुक्लेको हावाले’ गीतबाट नब्बेको दशकमा सफलताको चुचुरोमा पुगेका मल्ल पहिलोपटक क्यानडामा साँगीतिक प्रस्तुति दिएर चार दिनको बसाँईमा तनि ठाँउमा आफ्नो प्रस्तुति दिन भ्याएका थिए । तिलकको प्रस्तुतिले मेलामा रौंनकता भर्दै अगाडिदेखि पछाडिसम्म उभ्यिएका दर्शकहरुको खुट्टा आफै हल्लिनु थालेको थियो । लोक र पक गीतको फ्युजनबाट आफ्नो बेग्लै ठाँउ बनाउन सफल तिलकको एकपछि अर्को हिटलाई पिट्दै नेथन फिलिप स्क्वायर थर्काएका थिए । मुटु छुने लुक्लेको हावाले गीतबाट चर्चाको शिखरमा पुगेका तिलक त्ययसबेला लोक–पप गीतको संयोजनबाट संगीतको क्षेत्रमा साँगीतिक बम नै प्रहार गर्न सफल भएका थिए ।

सबै समयका हिट गीतहरू भोटे ताल, हातमा रुमाल, ट्याक्सी गुड्यो सरर, हिमचुलीको कखैमा, सलाइजो, चैते दशै जस्ता गीत गाएर नेपाली संगीत उद्योगमा लोकपप विधाको अग्रगामीको रूपमा देखापरेका तिलकका यस्तै चर्चित गीतको फर्माइस उपस्थित दर्शकबाट भई रहेको थियो । यसरी टोरन्टो थर्काएर फर्किएका तिलक जस्ता गायक मेलाले सधै पर्खी रहन्छ ।

डा गोविन्द सिंह रावत

प्रतिक्रिया