अर्की कान्छी

इनेप्लिज २०८१ कार्तिक १ गते १०:३४ मा प्रकाशित

हिडे अब म पदेश,
मेरो बाटो कसैले नछेक्नु।
मुग्लान भासिन हिडेको मान्छेलाइ,
दिन दिनै सम्झेर नरुनु रक्षा ।

तिम्रो माया मुटुमा लुकाएर,
आँसु पुच्छदै दिनरात बिताउछु।
तिमी फर्केर नआउन्जेल हर्के,
सिउदोको सिदुर छोपेर बस्छु।

मसग रिसाएर हिडे पनि,
मुग्लानका परिसग दिल नसाटनु।
म भन्दा राम्री परि भेटे भन्दै,
तिमी उतै न अलमलिनु हर्के।

दिलको मामला कसैले बुज्दैन सोच्दै,
परिहरुको जालमा फसेर उतै बसौला ।
कुरेर बसेकी हुन्छु म तिमिलाइ,
मेरो याद सधै गरि रहनु।

टाढा मुग्लाइन पसे पनि,
सधै खुसी हुनु तिमी हर्के।
दुख सबै म च्यापेर बछु।
अर्कि कान्छी ल्याउने नसोच्नु।

आखामा बसेको मेरो माया ,
धेरै टाढा पुगि सके पछि,
मुटुमा सरेको होला बिस्तारै ?
आखामा नै रहेको भए,
मेरो सम्झनामा आँसु बग्दा,
आसुसगै बग्ने डर हुने थियो ।

तिम्रो मुटुमा मेरो माया सरे पछि,
म अब ढुक्क भए हर्के।
तिमी फर्केर पकै आउने छौ एक्लै।
यादको चिठी तिम्रो पाए पछि,
छोपेको सिउदो खोली दिन्छु।

फर्क अब तिमी स्वादेश,
आफ्नो रमाइलो गाउँ ठाउँ ।
सानेले बोलाउन थालेको छ।
दुई हातमा कलश बोकि ढोकामा,
कुरेर बसेको छ तिमिलाइ हर्के।

छिटै फर्केर म आउछु अब,
लामो कुराउदिन अब रक्षा ।
आफ्नी प्यारी साली सम्झेर,
तिम्री बहिनी साथ लिएर आउछु।
चित्त धेरै नदुखाउनु तिमी रक्षा ।
प्रतिक्षालाइ अर्की कान्छी सम्झेर

खगेन्द्र प्रसाद आचार्य
काठमान्डु

प्रतिक्रिया