अनेसास क्यानडाले देवकोटा जयन्ती र साधारण सभा सम्पन्न

इनेप्लिज २०८१ कार्तिक १० गते १७:३९ मा प्रकाशित

अक्टोबर २५ ।२०२४ शुक्रवार , क्यानडाको राजधानी अटवाको समयअनुसार साँझ ८ बजे महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडाको आयोजना भएको कार्यक्रममा बिभिन्न बक्ताहरूले महाकवि देवकोटाका बारेका चर्चा गरेका थिए । महाकवि देवकोटाको बारेमा चर्चा गर्दै अनेसास क्यानडाका पूर्व अध्यक्ष डाक्टर भानुभक्त आचार्यले नेपाली साहित्यका कृतिहरूलाई अन्य भाषाहरूमा अनुवाद गर्नु पर्ने कुरामा जोड दिनु भयो । सन १९०३ मा रविन्द्रनाथ टैगोरले गीताञ्जलीलाई बङ्गाली भाषामा लेख्नु भएको थियो । त्यसताका भारतमा अङ्ग्रेजले शासन गरेका थिए । बङ्गाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुवाद भयो । जसका कारण रविन्द्रनाथ ठाकुरले नोवेल पुरस्कार पाउनु भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्वव्यापी भएर फैलिएको नेपाली साहित्यिक संस्था भएको हुनाले यो अनुवादको पहल गर्नु पर्ने कुरा बताउनु भयो । एशियाबाट साहित्यमा भर्खरै दक्षिणकोरियाकी हान कानले प्राप्त गर्नु भएको छ । यो पनि अंग्रेजी भाषामा अनुवाद भएर नै पाएको हो । त्यस्तै अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्ले देवकोटा जयन्तीको महत्व प्रकाश पार्नु भयो । नेपाली भाषाले संसारभरि छरिएर रहेका नेपालीहरूलाई जोडेर राखेको छ । हामीले घर घरमा नेपाली भाषा प्रयोग गरेर दोश्रो पुस्ता र आगामी पुस्ताहरूमा नेपाली भाषा साहित्य र संस्कृत जोड्दै लानु पर्ने कुरा बताउनु भयो । कार्यक्रममा अनेसास क्यानडाको स्थापना कालदेखि नै सल्लाह सहयोग गर्दै आउनु भएका साहित्यकार चन्द्र राईले अनेसास क्यानडाले गरेका कार्यको प्रशंसा गर्दै आउन लागेको दिपावली र छटको शुभकामना दिनु भयो ।

कार्यक्रम डाक्टर ज्ञानेन्द्र पोख्रेल, डाक्टर किस्मत भण्डारी ,तारा उप्रेती , सन्तोष बराल ,योगेन पौडेल, कविता खरेल ,दीपक त्रिपाठी ,भानु ढुङ्गाना ,राधेश्याम मालाकार, बसुरेन उप्रेतीले महाकविका बारे र नेपाली साहित्यका बारेमा विचार राख्नु भएको थियो । कवी मौसमी ढुँगानाको कविता वाचनबाट शुरु भएको कार्यक्रममा चन्द्र राई, ज्ञान पोख्रेल ,भानु ढुङ्गाना, योगेन पौडेल, सन्तोष बराल, रञ्जना कार्की ,किस्मत भण्डारी, दीपक त्रिपाठी प्रियदर्शन खरेल, सर्वज्ञ वाग्ले, बिशाल खरेल, सुरेन उप्रेती आदिले प्रकृति प्रेम देश प्रेम भाषा साहित्य र संस्कृति राजनैतिक व्यङ्ग्य प्रवासमा हुँदाका पिडा बोकेका कविताहरू वाचन गरेर सुनाउनु भएको थियो । अनेसास क्यानडाका अध्यक्ष तारा उप्रेतीको अध्यक्षमा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष सन्तोष बरालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको दोश्रो सत्रमा अनेसास क्यानडाको साधारण सभा भयो । साधारण सभाले आगामी दुई बर्षका लागि डाक्टर ज्ञानेन्द्र पोख्रेलको अध्यक्षतामा नौ जना कार्यकारी रहेको समिति बनाएको छ । केही शहरहरूको प्रतिनिधित्व हुने गरी कार्यसमितिले सदस्य पछी मनोनयन गर्ने निर्णय गरेको छ । नव गठित कार्यसमितिमा निम्नानुसार पदाधिकारी चयन हुनु भएको छ । अध्यक्ष डाक्टर ज्ञानेन्द्र पोख्रेल विनिपेग उपाध्क्ष डाक्टर किस्मत भण्डारी ब्राम्हटन सचिव रञ्जना कार्की टोरण्टो कोषाध्यक्ष कविता खरेल अटवा सदस्यहरू भानु ढुङ्गाना वीण्डसर राधेश्याम मालाकार वाटरलू दीपक त्रिपाठी अटवा राधा अर्याल मिसासागा कार्यक्रमको अन्त्यमा नवगठित कार्यसमितिलाई बधाइ तथा शुभकामना व्यक्त गरिएको थियो ।

प्रतिक्रिया