अमेरिकी २० बर्षिय टेनिस खेलाडीले जितिन साउदी अरबियामा सम्पन्न डब्लुटिए प्रतियोगिता,प्रतियोगिता जित्ने उनि सबैभन्दा कम उमेरकी खेलाडी

इनेप्लिज २०८१ कार्तिक २४ गते २१:१५ मा प्रकाशित

अमेरिकी २० बर्षिय टेनिस खेलाडी कोको गफले साउदी अरबियामा सम्पन्न डब्लुटिए प्रतियोगितामाको अन्तिम खेलमा बिजयी हासिल गरेकी छिन् ।

यो प्रतियोगिता जित्ने उनि सबैभन्दा कम उमेरकी खेलाडी भएकी छिन् । अमेरिकी टेनिस खेल्दि गफले शनिबार साउदी अरेबियाको रियादमा भएको डब्ल्यूटीए फाइनल(अन्तिम खेल)मा चीनकी झेङ क्विन्वेनलाई ३-६, ६-४, ७-६ (२) ले पराजित गर्न सफल भएकी छिन् ।

२० वर्षीया किशोरीले सन् २००४ मा मारिया सारापोभा पछि विश्वका उत्कृष्ट खेलाडीहरूको लागि प्रतिष्ठित प्रतियोगिता जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छिन् ।

गफले ४.८ विजयले मिलियन डलरभन्दा ज्यादाको पुरस्कार जितेकी छन् भने जुन डब्लुटिए इतिहासमा सबैभन्दा ठूलो एकल पुरस्कार हो। उनले सन् २००२ विश्वका शीर्ष १ र शीर्ष २ का खेलाडीहरुलाई समेत उनले हराइन । गतशुक्रबार भएको सेमिफाइनलमा कोको गफले विश्व वरियताक्रममा शीर्षस्थानमा रहेकी आर्यना साबालेन्कालाई ७-६ (४) ६-३ ले हराइन्।

यसअघि प्रतियोगितामा गफले समूह चरणमा शीर्ष २ मा रहेकी इगा स्वियाटेकलाई ६-३ र ६-४ ले हराएकी थिइन्।

प्रतिक्रिया