अमेरिका नेपाल आवत जावत गर्ने हवाई भाडा दर नयाँ बर्ष २०२५ देखि ४० % घट्ने भएको छ । तर उक्त भाडा दर आगामी बर्ष २०२५ को जनवरी १५ देखि घट्ने भएको जेनट्राभल्सका संचालक सुरज बस्नेतले ईनेप्लिजलाई बताए ।
अमेरिकाबाट नेपाल भ्रमणको योजना बनाउँदै हुनुहुन्छ भने जनवरी १५ ,२०२५ देखि मे महिनाको अन्त्य सम्म गर्मी मौषम तथा क्रिसमसको मौषमको तुलनामा हवाई भाडा दर ४० % ले घट्ने छ । त्यस्तै सेप्टेम्बर देखि नोभेम्बर ३० सम्म भाडा दर कम हुनेछ। उक्त समयमा आवत जावत गर्ने यात्रीहरुलाई करहरू सहित १,१५० तथा १,८०० बीच मूल्य पर्नेछ ।
तर यसको लागि र यो सुबिधा लिन कम्तिमा पनि नेपाल जाने आउने योजना बनाउने हो भने अहिले नै वा दुई देखि तीन महिना पहिले नै टिकट आरक्षित (बुक)गर्न बस्नेतले सुझाव दिएका छन् । स्मरण रहोस , हरेक बर्षको जुन महिना देखि अगस्त र डिसेम्बरमा विद्यालयहरु छुट्टी हुने हुनाले उक्त समयमा परिवारहरू यात्रा गर्दा मूल्यहरू बढ्ने हुन्छ ।
अमेरिकाबाट नेपालका लागि उडानहुने मुख्य बिमानसेवाहरुमा क्रमस कतार एयरवेज, एयर इन्डिया, टर्किस एयरलाइन्स, एमिरेट्स, कोरियन एयर, क्याथे प्यासिफिक, सिंगापुर एयरलाइन्स र चाइना सदर्न रहेका छन् ।
नेपालका लागि उडान किन महँगो ?
बिमानसेवा शुल्क र करहरू: विभिन्न विमानस्थलहरूले बिमानसेवाहरूमा फरक-फरक शुल्क र करहरू लगाउँछन्, जसले समग्र टिकट मूल्यलाई असर गर्छ। भारतको तुलनामा नेपालले उडानमा बढी कर लिने गरेको छ ।
बजारको माग र प्रतिस्पर्धा: बिमानसेवाहरुले काठमाडौंमा आफ्नो सेवाहरु सीमित संख्यामा संचालन गरेका छन्जसले गर्दा प्रतिस्पर्धा कम र उच्च मूल्य हुने गर्छ । बढ्दो प्रतिस्पर्धाले सामान्यतया मूल्य घटाउँछ। धेरै बिमानसेवाहरुले काठमाडौंको लागि उडान संख्या घटाएका छन् । फलस्वरूप उपलब्ध सिटहरूको माग बढेको छ बहने मूल्यहरू यस कारण बढ्ने हुन्छ ।
आउदै गरेको क्रिसमस र नयाँ अंग्रेजी वर्षको लागि यात्रा गर्ने मानिसहरूको उच्च मागको कारणले गर्दा डिसेम्बरमा यात्रा गर्दा टिकटहरू महँगो हपर्ने जेनट्राभल्सका संचालक बस्नेतले इनेप्लिजलाई बताए ।
नेपाल आवत र जावत गर्ने हो भने र यस बिषयमा जान्न चाहेमा यहाँ थिच्नु होला https://www.zentravels.com/अथवा २४ सै घण्टा (202) 552-1508 मा सम्पर्क गर्न सकिने छ ।
अथवा नेपालमा रहेको जेनट्राभल्सको कार्यालय (977-1) 597-0995 या बिधुतिय डाक (Email) : [email protected] मा सिधै सम्पर्क गर्न सकिने छ ।
प्रतिक्रिया