जिल्ला समन्वय समिति ओखलढुगाको उप–निर्वाचनका लागि नेपाली कांगे्रस ओखलढुंगाले सर्वसहमत उम्मेदवार चयन गरेको छ ।
नेपाली कांगे्रसका पुराना नेता, पूर्व जिल्ला पार्टी सचिव, महाधिबेशन प्रतिनिधी टेकराज भट्टराई लाई सर्वसहमत उम्मेदवार बनाएको हो । ओखलढुंगामा नेपाली कांग्रेस तर्फको बहुमत भएकाले भट्टराई जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा निर्विरोध निर्वाचित हुने पक्काभयको छ ।ओखलढुंगा जिल्लामा नेपाली कांग्रेसको एकल बहुमत रहेको छ । २०७४ सालदेखि निरन्तर एकलौटी जिल्ला समन्वय समिति नेपाली कांग्रेसले गठन गर्दै आएको छ । ०७९ को चुनावमा पनि नेपाली कांग्रेसको तर्फबाट डिल्लीराम खनाल समन्वय प्रमुख हुनुहुन्थ्यो । खनालको २०८० साल असोज १३ गते बेलुका शिक्षण अस्पताल काठमाडौंमा क्यान्सरका कारण मृत्यु भएपछि जिल्ला समन्वय समितिको प्रमुख पद खाली भएको थियो । समन्वय प्रमुख खनालको मृत्यु भएपछि उपप्रमुख तारादेवी कार्कीले कार्यभार संहाल्दै आउनु भएको थियो ।
जिल्लामा भएका ८ वटा स्थानिय तहको १६ मत मध्ये नेपाली कांग्रेसको ९ मत, नेकपा एमालेको ५ मत, माओबादी केन्द्रको १ मत र जनता समाजबादी पार्टी नेपालको १ मत गरी जम्मा १६ मत रहेको छ
प्रतिक्रिया