पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। कलेजो अर्बुद रोग (लिभर क्यान्सर)बाट ग्रसित ढुंगानाको केही समयअघि दिल्लीमा उपचार भएको थियो ।
बेलायतमा रहेका छोरा निमेष ढुंगाना स्वदेश फर्किएपछि सोमबार पशुपति आर्यघाटमा उनकाे अन्त्येष्टि गरिनेछ। काठमाडाैंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार उनको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएको छ ।
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि काठमाडाैंमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर उनी प्रतिनिधिसभाको सभामुख भएका थिए ।
२०४८ देखि २०५१ सम्म उनी सभामुख पदमा रहेका थिए ।
प्रतिक्रिया