दुबईमा ग्रीन स्काई ट्राभल्सको उद्घाटन

लालबहादुर ढेंगा, दुबई, युएई २०८१ मंसिर १६ गते १९:४९ मा प्रकाशित

दुबई । युएईमा नेपाली कामदारहरु दिनाहुं भित्रिएसंगै व्यवसायीहरुको संख्यामा पनि बृद्धि भएको पाईन्छ । बरदुबईस्थित फेरि एउटा नेपाली व्यवसाय थपिन गएको छ । गएको १ डिसेम्बर २०२४ आईतबारका दिन दुबईमा नेपालीहरुको प्रत्येक्ष लगानीमा ग्रीन स्काई ट्राभल्स एण्ड टुरिजमको भव्य उद्घाटन सम्पन्न भएको छ ।

विगत लामो समयदेखि राजधानी अबुधावीमा संचालक पूर्णबहादुर ओली, रामकृष्ण पोखरेल र राजु शर्माको संयुक्त लगानीमा ४ वटा ग्रीन स्काई ट्राभल्स र ग्रीन नेपाल ट्राभल्स संचालन गर्दै आईरहेका थिए । सोही ट्राभल्सहरुको दुबईमा पनि शाखाको रुपमा संचालनमा ल्याएका छन् । हवाई टिकट र टुर प्याकेजका साथ अन्य सेवाहरु पनि उपलब्ध रहेको जानकारी दिएका छन् । जस्मा अझै सरल र सहज तरिकासंग नेपालीहरु सेवा पाउनमा आशा पलाएको छ ।

उक्त उद्घाटन युएईमा निकै ख्याति कमाएका कुशल कार्यक्रम प्रस्तोता हरि डांगीको कार्यक्रम संचालन र हिन्दू जागरण नेपाल युएईका अध्यक्ष भूमिराज कंडेलको शुभकामना मन्तव्यसंगै नेपालबाट आएका चर्चित पत्रकार भाग्य न्यौपाने, योगदान राष्ट्रका लागि केन्द्रीय अध्यक्ष ओम उप्रेती र संचालक पूर्णबहादुर ओलीले संयुक्त रुपमा रिवन काटेर भएको थियो । सो अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेका थिए ।


दुबईको मुटु मानिने बरदुबईमा नेपालीहरुको चहलपहलसंगै व्यापारिक हिसाबले पनि प्रमुख स्थान मानिन्छ । हरेक हप्तामा हुने सार्वजनिक बिदा र नेपाली कार्यक्रमहरुदेखि नेपाली चोकका साथ नेपाली गल्लीले सबैलाई आकर्षित गरेको हुन्छ । त्यसै कारण लगानीकर्ताहरु बरदरबईको सेरोफेरोमा हानिएको देखिन्छ । खासगरी आफ्नै नेपालीहरुलाई लक्षित गरि खोलिएको ट्राभल्समा युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई भिजिट गर्नका लागि आग्रह समेत गरेका छन् ।

-–लालबहादुर ढेंगा, दुबई, युएई

प्रतिक्रिया