कोलोराडोमा योमरी पुन्ही कार्यक्रमा सम्पन्न

नातिबाबु भट्ट २०८१ पुष १ गते २:५२ मा प्रकाशित

योमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आईतबार एक कार्यक्रम आयोजना गरी योमरी पुन्ही मनाएका छन् ।

कोलोराडो नेवाः खलःले आयोजना गरेको योमरी पुन्ही कार्यक्रममा सहभागी भई बाल बालिकाहरुलाई योमरी संकलनगर्ने तरिका सीकाउदै, नेवारी गीत संगीतमा नृत्य तथा यथासक्य दानगर्दै कार्यक्रममा उपस्थित सबैलाई योमरी बितरण गरी हस्र्सोलास साथ उनीहरुले योमरी पुन्ही मनाएका हुन् ।

कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सम्पन्न कार्यक्रममा कोलोराडो स्थित बिभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धीजिवी, कालाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

सहकाल तथा सम्पन्नताका देवता कुवेर र गणेशको पुजागरी सुरुगरीएको कार्यक्रमा आयोजक संस्था नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्व बारे चर्चा गरेका थिए । उनले यसको ईतिहास कोट्याउदै नेवाः समुदायमा यस पर्वलाई दानदिने दिनको रुपमा पनि चिनिने गरेको बताए । अध्यक्ष श्रेष्ठले मातृभुमी नेपालको काठमाण्डौमा नेवाः देय् दबू संस्थाको पहलमा नेवाः साझा भवन निर्माणको लागी सहयोगको अनुरोध भइ आएकोले त्यहा सहयोग पठाउन आर्थिक संकलन कार्य भईरहेकोले सबैलाई यथासक्य दानगर्न अनुरोध गरे । सबिता श्रेष्ठले संचालन गरिएको कार्यक्रममा बाल बलिकाहरुले घर घरमा गएर यमरी माग्ने चलन अनुसार यहांपनि सबै उपस्थित महानुभावहरु समक्ष गएर दान संकलन गरेका थिए ।

कार्यक्रममा कलाकारहरुले नेवारी परंपरागत बाजाहरु बजाएर आफ्नो संस्कृतीको पहिचाहन गराएका थिए । सोही समारोहमा कोलोराडो नेवाः खलःको बिभिन्न कार्यक्रममा सहयोग गर्ने बाल बालिकाहरुलाई प्रमाण पत्र तथा पुरस्कार प्रदानगरी सम्मान गरिएको थियो । कार्यक्रममा नेवाः देय् दबुका अध्यक्ष पबित्र बज्राचार्यद्धारा कार्यक्रम सफलताकोलागी पठाईएको शुभकामना संदेश सुनाइएको थियो ।

ऐतिहासिक कथन अनुसार पाञ्चाल देश हालको पनौतिमा सुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पत्ती बस्दथे । उनीहरुको चर्चा संसारभर फैलिएको थियो । एक दिन कुवेरलाई पनि उनीहरु कत्तीका दानी रहेछन् भनी बु¤न दरिद्रको भेष गरि ति दम्पत्तीको घर गएछन् । सुचन्द्र दम्पत्तीले बढो श्रद्धा पुर्वक भोजन गराएको देखि खुसी भई यमरीको महत्व बताएछन् । नयां अन्न भित्र्याए पछि भकारीमा गणेश, कुवेर र तिनका बाहान सहितको प्रतिमा बनाई तिनलाई योमरी चढाउने बिधि बताएर कुवेर अन्तध्र्यान भएछन् । त्यो दिन मंसिर शुक्ल पुर्णिमा परेको थियो । त्यसैबेला देखि योमरी पुन्ही मनाउने चलन रहेको बताईन्छ ।

मातृभुमीबाट यतिटाढा रहेर पनि आफ्नो संस्कृतीको पहिचानको लागी नेवारी समुदायले अयोजना गरेको योमरी पुन्ही कार्यक्रम प्रभावकारी थियो । कार्यक्रमको अन्त्यमा संस्थाका संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै मातृभुमीको रहन सहन तथा चाल चलनबाट टाढा रहेका हाम्रा बाल बालिकाहरुलाई यस्ता कार्यक्रमहरुमा सहभागी नगराउने हो भने हाम्रो संस्कृती यही पुस्ताबाटै लोप हुने खतारा रहेको बताएका थिए ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया