नेवाःगुठी फ्रान्सले आफ्नो उद्देश्य र मिशनको साथ सामाजिक कार्यमा अग्रसर हुने, नेवा: समुदायको भेष-भुषा, पहिचान र संस्कृतिलाई फ्रान्समा बचाएर राख्ने उद्देश्यले पहिलो भेला सम्पन्न गरेको छ। १५ डिसेम्बर २०२४ देखि लागु हुने गरी, सर्वसहमतिको आधारमा, दीपक महर्जनको अध्यक्षतामा निम्नलिखित कार्यसमिति चयन गरिएको छ।
कार्यसमिति अध्यक्ष दीपक महर्जन,उपाध्यक्ष रबी राज श्रेष्ठ, महासचिव, मिन श्रेष्ठ कोषाध्यक्ष, श्रीमती कोपिला राय (कायस्था), सह-कोषाध्यक्ष राजेन्द्र बाबु श्रेष्ठ, सदस्य रन्जीत श्रेष्, कमल श्रेष्ठ, श्रीमती निता डंगोल, श्रीमती सोनिया श्रेष्ठ , श्रीराम श्रेष्ठ, रन्जन खोटेजा। सल्लाहकारहरू प्रमुख सल्लाहकार,मुकुन्द अमात्य,सल्लाहकारहरू: कबीन्द्र कायस्था, श्रीमती अनीता शाक्य, रामेश्वर श्रेष्ठ, सुरज श्रेष्ठ, शालु श्रेष्ठ, श्रीमती मिरा महर्जन, श्रीमती सुमित्रा प्रधान,श्रीमती रिना श्रेष्ठ । नेवाःगुठी फ्रान्सको यस नयाँ कार्यसमितिले समाजमा प्रभावकारी ढंगले सेवा पुर्याउन, संस्कृतिको संरक्षण गर्न र समुदायको सशक्तिकरणका लागि काम गर्ने दृढ प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया