क्यालिफोर्नियामा एक नेपाली हराए

इनेप्लिज २०८१ पुष ४ गते ११:०८ मा प्रकाशित

पिट्सबर्ग क्यालिफोर्निया निवासी निरज श्रेष्ठ नाम गरेका एक नेपाली केहि दिन देखि हराई रहेका छन्। ४ महिना अगाडी मात्र घर किन्न सफल निरज श्रेष्ठ कि पत्नी र छोरी अत्यन्त व्याकुल अवस्थामा छन। सो खबरले उत्तर क्यालिफोर्नियाका नेपाली समुदायमा सन्नाटा छाएको छ। यस् क्षेत्रका समाजसेवी तथा अगुवाहरु नीजको खोजखबर गर्न बिभिन्न उपायहरु खोज्दै निज श्रेष्ठको पत्तो लाउने प्रयासमा छन।

डिसेम्बर १८, २०२४ का दिन एनआरएनए आइसिसि मेम्बर उत्तम कार्कीको सकृयतामा, मनोहरा थापा, सुर्य शर्मा, सुभास हमाल पिट्सबर्ग लगायत एक प्रतिनिधि मण्डल पिट्सबर्ग पुलिस कार्यालयमा गई उक्त व्यक्तिको खोजी गर्न अनुरोध गरेको छ। टोलीको भनाई अनुसार पिट्सबर्ग पुलिसले सकारात्मक जबाफ दिएको छ। नीज श्रेष्ठको मिडिया र बिभिन्न उपाय मार्फत खोजी कार्य लाई तिब्रता दिने भएको छ। पिट्सबर्ग पुलिसले २ जना डिटेक्टिभलाई समेत परिचालन गरेको छ।

उत्तर क्यालिफोर्नियाका नेपाली समाजले सम्पूर्ण समुदायमा निरज श्रेष्ठको खोजिमा सहयोग पुर्याउन आव्हान गरिएको छ। कसैले निज निरज श्रेष्ठको बारे जानकारी प्राप्त भएमा उत्तम कार्कीले आफूलाई ५१०-६२०-४३९७ भन्न अनुरोध गर्दै परिवार र समाजको तर्फवाट सम्पूर्ण संघ संस्थाहरुलाई समेत सघाउन अनुरोध गर्नु भएको छ। हराएका व्यक्तिको परिवारले सम्पूर्णलाई अनुरोध गर्दै सबै कम्युनिटी अगुवाहरुलाई समेत खोजी कार्यमा सघाउन आव्हान गरेका छन।

प्रतिक्रिया