पार्कर खेलाडी दिनेश सुनार २० औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल

इनेप्लिज २०८१ पुष ६ गते २:४५ मा प्रकाशित

पार्कर खेलाडी दिनेश सुनार २० औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

पार्कर र जिम्नास्टिक खेल अन्तरगत पर्ने “द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड” बिधामा १४ पटक सम्म आँखा बन्द गरि आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टि हानेर नयाँ रेकर्ड थप गरेका हुन।

यस बिधामा कम्तिमा १० पटक सम्मको मापदण्ड रहेको थियो । दिनेशले ७ डिसेम्बर २०२४ का दिन सिटि अफ एक्रोनवार्ड टु गभरमेन्टको आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमको अबसरमा विभिन्न फरक देशका ३०० भन्दा बढी दर्शकहरुको अगाडि रेकर्ड प्रस्तुत गरि उक्त रेकर्ड दाबी गिनिज बुकलाई पठाएका थिए।

गिनिजबुक अफ वर्ल्ड रेकर्ड को हेडक्वाटर ले उक्त रेकर्डलाई आज (२० डिसेम्बर २०२५) रेकर्डको मान्यता दिएको हो। यससंगै दिनेश २० औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छ्न।

उक्त फेस्टिबल कार्यक्रममा मेक्सिको ,जर्मनी, ईन्डिया ,अफ्रिका,पोल्यान्ड ,आइरल्यान्ड,भुटान ,कोङ्गो,,इटाली,नेपाल,बर्मा,थाइल्यान्ड र अमेरिकाका सस्कृती तथा पहिचान झल्काउने नृत्य प्रदर्शन भएको थियो ।

मुल्यांकन गर्ने जज हरु: ओहायो राज्यको प्रतिनिधित्व गर्ने ब्यक्तिहरु मिस क्रिस्टिन विडी हिगम काउन्सिल मेम्बर डिस्ट्रिक ६, जेफ विल्हीट काउन्सिल मेम्बर डिस्ट्रिक ४ थिए ।

साथै मार्सल आर्टका प्रशिक्षक द्वय हर्क तिरुवा र कौशिला खनाल पनि जर्जको भुमिकामा थिए। त्यस्तै टाइम किपरमा मार्सल आर्ट खेलाडी निलम खनाल र सिटि अफ एक्रोन वार्ड टु काउन्सिल म्यान फिल लोमबार्डो थिए ।

प्रतिक्रिया