ममता काफ्ले हत्या काण्डको मुद्धामा डिएनए प्रमाण पेश गर्ने योजना

इनेप्लिज २०८१ पुष १३ गते १३:५६ मा प्रकाशित

नयाँ अदालतका कागजातहरू अनुसार ममता काफ्ले हत्या काण्डको मुद्धामा डिएनए प्रमाण पेश गर्ने योजना बनाएको छ । गत डिसेम्बर २७ का दिन साँझ ६:३० बजे पत्रिकाले अध्यावधिक गरेको समाचारमा ममता काफ्लेको हत्या गरेको अभियोग लागेका व्यक्तिको मुद्दामा डिएनए प्रमाण पेश गर्ने योजना बनाएको डब्लुजेएलए (एबिसी७)ले जनाएको छ ।

भर्जिनियाको राष्ट्रमण्डल (कमनवेल्थ)ले मनासस पार्ककी ममता काफ्लेको हत्या गरेको अभियोग लागेका उनका पति नरेश भट्टको मुद्दामा डिएनए प्रमाण पेश गर्ने योजना बनाएको छ ।

भर्जिनिया राष्ट्रमण्डलले आगामी बर्ष २०२५ को सेप्टेम्बरमा सुरु हुने नरेश भट्टको परीक्षणमा डिएनए विश्लेषणको नतिजा प्रस्तुत गर्ने उद्देश्यले डिसेम्बर १९ मा सूचना दायर गरेको थियो। नरेशमाथि हत्या, शवलाई शारीरिक रूपमा अपवित्र पार्ने र शव लुकाएको अभियोग लगाइएको छ।

“यो वास्तवमा भर्जिनिया राष्ट्रमण्डलको लागि महत्वपूर्ण प्रमाण हो,” भर्जिनियाको पश्चिमी जिल्लाका पूर्व अमेरिकी अधिवक्ता जोन फिसविकले टिप्पणी गरे।

जो अहिले फिसविक एण्ड एसोसिएट्स मार्फत प्रतिरक्षा वकील रहेका छन्। भर्जिनिया राज्यको कानून अनुसार, राष्ट्रमंडलले डिएनए प्रमाणलाई परीक्षणमा ल्याउनको लागि पहिलो चरणको रूपमा प्रतिरक्षालाई उद्देश्यको यो सूचना दिनुपर्दछ। प्रतिरक्षाले यसमा आपत्ति जनाउने अपेक्षा गरेको फिशविकले बताए ।

भर्जिनिया डिपार्टमेन्ट अफ फोरेन्सिक साइन्स(भर्जिनिया न्यायिक विज्ञान विभाग)बाट विश्लेषणका चार प्रमाणपत्रहरू जुन अगस्त २८ र नोभेम्बर १२ को बीचमा रहेको उनले भने ।

अनुसन्धानको क्रममा सङ्कलन गरिएका डिएनए प्रमाणहरूले नतिजा देखाउँछन् ,उनले थपे । प्रमाणपत्रहरूले दम्पतीको घर भित्रका धेरै वस्तुहरूबाट डिएनए सङ्कलन गरिएको संकेत गर्दछ, जसमा ममताको काइयो(हेयरब्रस ),गलैंचाको टुक्रा, फोहोर फाल्ने भाँडो, स्नान चटाई (बाथमेट), एक दोहोरो दाँत भएको आरा र चक्कुहरू समावेश छन्।

नरेशलाई डिसेम्बर २ मा हत्या र शवलाई शारीरिक रूपमा अपवित्र गरेको अभियोगमा एक बृहत न्यायिक मण्डल (ग्रान्ड जुरी)ले अभियोग लगाएको थियो। उनको मुद्दा आगामी सेप्टेम्बरमा सुरु हुने छ ।

उनी आगामी २०२५ को मार्च २० मा स्थिति सुनुवाइको लागि अदालतमा फिर्ता हुनेछन्। ममता सन् २०२४ को जुलाई महिनाको अन्त्यदेखि बेपत्ता भएकी थिइन् । प्रहरी र अभियोजकहरूले उनको मृत्यु भएको अनुमान गरेका छन्। बचाव पक्षले पहिले उनी अझै पनि कतै जीवित हुन सक्छिन भनि तर्क गरेका थिए ।

प्रतिक्रिया