क्यानडाको पश्चिम अवस्थित राज्य बृटिस कोलम्विया (बिसी) को राजधानी भिक्टोरियामा नेपाली राष्ट्रिय पोशाक तथा टोपी दिवस सम्पन् भयो । नेप्लिज सोसाइटी अफ भेङ्कुभर आइलेण्ड NSVI को आयोजनामा भिक्टोरियामा बसोवास गर्ने नेपालीहरूको उपस्थितिमा कार्यक्रम सन्चालन भएको थियो । कार्यक्रममा नेपाली भाषा साहित्य र संस्कृतिको महत्वका बारेमा सुरेन उप्रेतीले चर्चा गर्नु भएको थियो । टोपी दिवसले सन्सारभर छरिएर रहेका नेपालीहरूलाई जोड्ने सूत्रका रूपमा काम गरेको छ । संसारका बिभिन्न देशमा छरिएर रहेका नेपालीमूलका मानिसहरूलाई नेपाल सरकारले पहिचान दिन सक्नु पर्छ । उनीहरूलाई आज पनि गोरखा नेपाली भन्दै सम्वोधन गर्ने देशहरूमा बर्मा थाइलेण्ड जस्ता देश रहेकाछन् । उनीहरूले नेपाली भाषा साहित्य र संस्कृतिलाई जोगाएर राखेका छन् । तर नेपालले ती नेपाली भाषीहरूलाई पहिचान दिन सकेको छैन । गैरआवासीय नेपाली संघले त्यसको पहल गरीरहेको छ भन्दै गैरआवसीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य भुवन खरेलले आफ्नो विचार राख्नु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु हुने नेप्लिज सोसाइटी अफ भेङकुभर आइलेण्डका अध्यक्ष बाल शर्मा टाइगरले नेपाली राष्ट्रिय पोशाकको महत्वको बारेमा चर्चा गर्नु भयो । आगामी दिनमा पूर्व तयारीका साथ भव्यरूपमा नेपाली राष्ट्रिय पाशाक तथा टोपी दिवस मनाउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा साधुराम शापकोटाले नेपाली बालवालिकाहरूलाई नेपाली भाषा सिकाउन थालिएको र हाल रोकिएको छ । यसलाई पुन सन्चालन गर्नु पर्ने बताउनु भयो । नेपाली संस्कृति र खेलकुदमा आफुलाई समर्पित गर्नु भएका लक्ष्मण कार्कीले नेपाली बाजागाजाहरू सिकाउनु शुरू गर्नु पर्ने बताउनु भयो । बलराम घिमिरे टेक खड्काले आफ्ना राय व्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा जलपानको व्यवस्था गरिएको थियो । कार्यक्रमलाई सुरेन उप्रेतीले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा सुरेन उप्रेती द्धारा रचना गरीएको गीत सार्वजानिक गरियो । सो संसारको उच्च शिर सगरमाथा हाम्रो भन्ने गीतलाई पंण्डित धर्मदास बुढाथोकीले संगीत र स्वर दिनु भएको छ भने एवान स्टुडियोका विकाश चौधरीले एरेन्ज गर्नु भएको छ । गीतमा हेमन्त दहालले लिरिकल भिडियो बनाउनु भएको छ ।
प्रतिक्रिया