देउराली फाउन्डेसनको कार्यालय उद्घाटन

इनेप्लिज २०८१ पुष २२ गते २०:३२ मा प्रकाशित

शिक्षा,स्वास्थ्य,कृषि र संचार क्षेत्रमा काम गर्दै आएको परोपकारी संस्था देउराली फाउन्डेसनले आफ्नो केन्द्रिय कार्यालय सुरु गरेको छ। यहि पुष २० गते झम्सिखेल स्थित होटल हार्मोनिमा बिशेष समारोहको आयोजना गरि कार्यालय सुभारम्भ गरिएको हो ।

उक्त कार्यक्रममा संस्थाले हाल सम्म गरेका कामहरुको विवरण पेश गर्नुका साथै आगामी कार्य योजना समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित सरोकारवाला व्यक्ति तथा संस्थाका प्रतिनिधि हरुले देउराली फाउन्डेसनको परोपकारी कामको प्रसंसा गर्दै आगामी योजनाहरु समेत सफल रहोस भनि शुभकामना ब्यक्त गर्नु भएको थियो ।

फाउन्डेसनका अध्यक्ष भिम घिमिरेले अब उपरान्त ललितपुर जिल्लाको पुल्चोकमा रहेको फाउन्डेसनको सुबिधा सम्पन्न केन्द्रिय कार्यालय बाट संस्थाका सपुर्ण कामहरु संचालन हुने जानकारी दिनु भयो ।

फ़ाउनेसनले कार्यालय सुभारम्भाको सुभअवसरमा निशुल्क संचार तालिम समेत सुरु गरेको छ । ५ दिन सम्म संचालन हुने उक्त तालिममा पत्रकरिमा रुचि राख्ने १५ जना विद्यार्थी हरुको सहभागिता रहने छ ।

प्रतिक्रिया