भर्जिनिया स्यानटिलीमा गाडी पोखरीमा डुव्दा दुई नेपालीको मृत्यु

इनेप्लिज २०८१ पुष २५ गते १६:०१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा बिहीबार बिहान स्यानटिली शहरको एउटा  अतिथी गृह(होटल )बाहिर पोखरीमा गाडि(कार)  डुब्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेयरफ्याक्स काउन्टीका प्रहरीले सेन्टरभ्यू ड्राइभको सेन्टरभ्यू ड्राइभमा रहेको विन्डहम होटल( अतिथीगृह) विन्गेट नजिकै पानीमा डुबेको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ।

दमकल र उद्धार टोलीले खोजी गर्दा दुई पुरुष मृत फेला पारे। उनीहरु डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी कसरी र किन हिउँको पानीमा खस्यो भन्ने खुल्न सकेको छैन तर यो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार वयस्क त्यही अतिथीगृहका कर्मचारी भएको बुझिएको छ।

स्रोत तथा तस्विर : कृतज्ञता एनविसिवासिॅगटन

विस्तृत जानकारीको लागि प्रतिक्षा गर्नु होला!!

प्रतिक्रिया