अमेरिकाको भर्जिनियाको स्यानटिली शहरमा पोखरीमा गाडी डुबी मृतकहरुको दुवैको नाम सार्वजनिक भएको छ । एनबिसीवाशिंगटनका अनुसार मृतकहरु क्रमस ५५ बर्षिय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट भएको पुष्टी भएको छ ।
जनवरी ९ बिहीबार बिहान एउटा अतिथि गृह(होटल) बाहिरको पोखरीमा कार डुबेको अवस्थामा फेला परेपछि दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
समाचारका अनुसार जनवरी ९ बिहान ७:३० बजेतिर सेन्टरभ्यू ड्राइभ(मार्ग)मा रहेको विङ्गेट बाई विन्डह्याम अतिथि (गृह)नजिकै रहेको चिसो पोखरीमा गाडी बरफमा चिप्लिएर चिसो पोखरीमा पुगेको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ।
कार आंशिक रूपमा हिउ जमेको पानीमा डुब्दा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्ट भित्र फसेका थिए।
प्रहरी सन्देश श्रवण (डिस्प्याच अडियो)का अनुसार उद्धार टोली कारमा पुगेपछि पानीमा १० फिट गहिरो थियो । दुवै जनाको मृत्यु भइसकेको थियो र प्रहरीले उनीहरू डुबेको बताएको छ।
एनबिसीवाशिंगटनका अनुसार सहकर्मीहरूले खड्का विङ्गेटमा काम गरेको बताए । २० वर्षीय भट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग आएको समाचारमा उल्लेख छ ।
बिदेशी पत्रिका :
कृपया यो भन्दा अगाडी २ वटा समाचार ईनेप्लिजमा प्रकाशित भै सकेका छन् :
बिस्तृत जानकारी दिइएको छ :
प्रतिक्रिया