काठमाडौ । लायन्स क्लव काठमाडौ लर्डबुद्धले रौतहटको राजदेवी नगरपालिका ५ पासवान बस्तीमा आगलागीमा परेर घरवास बिहीन भएका २६ परिवारलाई खाद्यान्न र कपडा बितरण गरेको छ । जाडोको समयमा जाडोले कठांग्रिएका परिवारमा न्यानो कपडा पुगेपछि खुशी छाएको छ ।
काठमार्डाैमाट कपडा र खाद्यान्न लिएर लायन्स क्लबको टोली पासवान बस्तीमा पुगेर राहत बितरण गरेपछि पासवान बस्तीका परिवारले यस पटकको जाडोवाट बच्ने भैयो भनी निकै खुशी जनाएका छन् । केही समय अगाडि पासवान बस्तीमा आगलागी भएपछि त्यहांका नागरिक घरवारबिहीन मात्र भएनन् जाडोको समय कसरी कटाउने भन्ने भएको बेला न्यानो कपडा र खाद्यान्न पाएपछि पासवान परिवारले यस पटकको जाडो कट्ने र केही महिनाका लागि भोकवाट बच्ने भैयो भन्दै लायन्स क्लबलाई धन्यवाद दिएका छन् ।
सहयोग तथा राहत बितरण गर्न काठमाडौवाट लायन्स लिडर बिष्णुप्रसाद भण्डारी , लर्डवुद्धका अध्यक्ष रुपबहादुर रावल , कैलास केसी , बिबेकानन्द शाह रोैतहत पुग्नुभएको थियो भने राहत बितरण कार्यक्रममा राजदेवी नगरपालिकाका प्रमुख , उपप्रमुख , वडाध्यक्षहरु ल्गायतका जनप्रनिधिहरु, स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो । लायन्स क्लब इण्टरनेशनल डिष्टिक ३२५ आइ अन्तर्गतको लर्ड बुद्धले संकटमा परेका २६ घरका पासवान परिवारलाई नया जीवन दिएको भन्दै स्थानीय नागरिकले बिशेष आभार ब्यक्त गरेका थिए ।
बिष्णु भण्डारी संस्थापक अध्यक्ष रहेको लर्ड बुद्धले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गर्देै आएको छ । तीन महिना अगाडि आएको भीषण बाढी पहिरोमा परेका पीडित परिवारलाई सहयोग एवं उद्धार कार्यमा बिशेष भूमिका खेलेको थियो । क्लबले कुनै पनि रगतको अभाव भएको जानकारी पाउना साथ सोही ठाउंमा पुगेर स्थलगत रक्तदान शिविर संचालन गर्ने कार्यलाई बिगतका बर्षदेखि निरन्तरता दिएको छ भने अस्पतालमा रगत नपाएको कोही बिरामी सोही सवन्धित अस्पतालमा ग्रुप मिल्ने नागरिकलाई लिएर गै सहयोग पनि गर्ने गरेको छ ।
प्रतिक्रिया