हामीले भर्खर बडामहाराजाधिराज पृथ्वी नारायणको ३०३ औ स्मृति एबम राष्ट्रिय एकता दिवस मनायौ। आज नेपाल र नेपालीको विश्व मानचित्रमा पहिचान स्थापित उनै योद्धाको कारण भएको हो। तत्कालिन अबस्थामा विश्वमै ससाना राजा रजौटा सामन्त हरुले टुक्रा टुक्रा भूभागमा शासन गरिरहेका हुन्थे ,स्पेन पोर्चुगल फ्रान्स इटली बेलायतीहरु भने बिस्तारै त्यस्ता साना राज्य हरु लाइ निल्दै आफ्ना साम्राज्यबादी नंग्रा अफ्रिका क्यानडा अमेरिका देखि एसियाका बिभिन्न देशमा बढ्ने क्रम थियो ,नजिकैको कुरो गर्नु पर्दा हिमाल देखि हिन्द महासागर सम्म फैलिएको हिन्दु (सिन्घु घांटी )सभ्यता लाइ नष्ट गर्दै मुगल हरु प्रवेस गरेका थिए हज्जरौमा टुक्रिएर रहेको तत्कालिन भारतबर्ष लाइ मुगल हरुले ५ सय भन्दा बढी राज्यमा खुच्याएर ६०० बर्ष भन्दा बढी शासन गरे उनि हरुको सधैको लडाई र बिबादको फाइदा उठाउदै पहिले पोर्चुगल र अनि पछि बेलायतीहरु प्रवेस गरि लगभग ३ शताब्दि एकछत्र शासन गर्न सफल भए ।
उनि हरुको साम्राज्य बिस्तारको निरन्तरता तिब्बेत र तत्कालिन चीन तर्फ बारम्बार अगाडी बढी रहेको थियो त्यसैबेला हिमाली भूभाग हिन्दु हरुको पबित्रभुमी देवस्थल ऋषि मुनिहरूको तपोभूमिमा एक बिर पुरुष जन्मिए र उनले गोर्खा नामको राज्य बाट विस्तार गर्दै ससाना राज्य हरु लाइ एकत्रित गर्दै एउटा हिमाली बिशाल राष्ट्र नेपाल निर्माण गरे जुन देशमा विश्वलाइ थर्काउने बिर बिरंगना हरु जन्मिए र देशको सिमाना ,,पूर्वमा टिष्टा र पश्चिम मा कागडा सम्म फैलाउन सफल भएका थिए ,साम्राज्यबादी बेलायतको कोपभाजनमा पर्दा समेत सुगौली सन्धि मार्फत केहि भाग गुमाउनुको पिडा संगै र केहि भाग प्राप्त गर्न सफल भै बडो दुख संग बिर बिरंगना हरुको सहयोगमा पृथ्वी नारायणले स्थापना गरि नेपाल र नेपाली नामकरण गरिदिएको यो देशको रक्षा गर्न सफल भए र नेपाल लाइ कुनै देशको उपनिवेस हुन् बाट जोगाएका थिए ,र यो देश लाइ बिस्वको १७ औ जेष्ठ गौरवशाली स्थानमा राख्न सफल भएका थिए ,जुन देशले भीमकाय आजको भारत मात्र होइन कहिले सुर्य न अस्ताउने देश भनिने बेलायतको अस्तित्व रक्षा गर्न अहम भूमिका निभाउदै आएको इतिहास साक्षी छ ,पहिलो दोस्रो बिस्व युद्धको “बिरता”देखि बर्तमान बिस्वको शान्ति अभियानमा यो सानो तर बिर हरुको जन्मभूमि नेपालले अनेकौ क्षेत्रमा विश्व किर्तिमान स्थापना गरेको छ।
एउटा गौरवशाली देश र भौगोलिक सामरिक महत्वको स्थानमा सगरमाथा संगै उभिएको कारण आज बदलिँदो परिस्थितिमा नेपाल विश्व शक्तिहरुको केन्द्र बनेर रहेको छ ,जुन आफैमा गर्ब र महत्वको बिषय हो ,तर हाम्रो देशको भौगोलिक विकटता को कारण यातायात संचार को बिकास गर्न ढिला भयौ जसले शिक्षाको ज्योति र रोजगारीको निस्चिन्तता राज्यले समयमा पुर्याउन सकेन।त्यसको दुस्परिणाम नेपालमा बैदेशिक शक्तिहरु कहिले शिक्षा कहिले गरिबी कहिले रोजगारी कहिले जातीय कहिले लैंगिकताको बहानामा नेपालमा घुषे र आफ्नो बिषय अनुकुल लगानी गर्दै नेपाल र नेपालीलाइ लडाउन सफल भएको ४ दशक भन्दा बढी भएको छ र पृथ्वी नारायणले दुख साथ् बनाएको धार्मिक भाषिक नेपालीत्वको एकताको पर्खाल लाइ भत्काएर देशको अनेकौ भागमा विखण्डित पारिएको छ ,भूभाग आक्रमण गर्न नसके पनि नेपाली नेपाली बिचमा एकता र शान्तिको भावनात्मक एकता र सम्बन्धमा भने चिसो पानि खन्याउन पश्चिमाहरु सफल भएका छन् जुन नहोस भनेर नै बडा महाराजा धिराज पृथ्वी नारायण शाहले यो राष्ट्र निर्माण यो भूभागको धर्म सस्कृति परम्परा र मौलिक अस्तित्व बचाई राख्न आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका थिए।
पक्कै पनि गहन रुपमा बुझ्नु पर्ने कुरो “देश भनेको चारै तिर रेखांकित सिमा मात्र होइन बिस्वको १७ औ जेष्ठ देश बिस्वको सबै भन्दा ठुलो जन समुदायले अपनाएको बौद्ध र हिन्दु धार्मिक आस्थाको केन्द्र रहेको नेपालको मौलिक धर्म सस्कृति भाषा भेष भुषा एकताका परम्परागत मौलिकता हरु छन् त्यसको संरक्षण अनिबार्य हुन्छ अर्थात राष्ट्रका आफ्ना मौलिक बिशेषता हुन्छन र त्यसले मात्र राष्ट्रको पहिचान लाइ निरन्तरा दिने हुन्छ त्यो मौलिक पहिचानका बिषय लाइ बिस्थापित गर्नु भनेको राष्ट्र हित बिपरितका कर्म हुन्।
बिगत ७ दशक नेपालमा बिबिध बहाना र प्रकारको राजनैतिक लडाई भयो ०३७ ,०४६ ,५२ हुँदै ६३ सम्मका लडाई संझौ सबै सम्झौतामा टुंगिए जँहा राष्ट्रवासीको भन्दा बिदेशीको दबाब र प्रभाब बढी भयो ,हाम्रो माटो भौगोलिकता सस्कृति सामाजिक परम्परा आर्थिक शैक्षिक र चेतनाको हैसियत मुल्यांकन भएको छैन र देस बिदेशीको प्रयोगशाला मात्र बन्यो र बिकासको गति कछुवाको तालमा चल्न बिबस भयो ,र आज सम्म आइ पुग्दा झनै उल्टो बाटो हिड्न बाध्य पारिएको छ ,बर्तमान बिस्वकै महँगो र ठुलो राजनैतिक प्रशासनिक संरचनाको कारण नेपाल आर्थिक र राजनैतिक रुपमा एक “औपनिवेस “राष्ट्रको दुर्गति भोग्न र दुइ छिमेकी देश लगायत तेस्रो देशको सिधा हस्तक्षेप व्यहोर्न बाध्य हुनु परेको पीडादायी अबस्थामा पुगेका छौ ,आर्थिक राजनैतिक कुटनैतिक राष्ट्रिय एकता र अखण्डतामा ध्वस्त भएको छ।
तसर्थ आउनुस समयको यो हुंकार लाइ आत्मसाथ गरौ स्वतन्त्र स्वाधीन सार्बभौमसत्ता सम्पन्न राष्ट्र नेपालका नागरिक एकता शान्ति र सम्वृद्धिको लागि अर्को २०० बर्ष सम्म फेर्नु नपर्ने गरि एउटा संबिधान कोर्न सक्षम छौ दक्ष छौ योग्य छौ भन्ने विश्वलाइ प्रमाणित गरेर देखाई दिउ ,सडक बाटै कम्तिमा १०० जना (२५ जना नेता र ७५ जना प्रशासक)को लागि प्रतियोगिता गराउ कारण बिसुद्ध नेपाली नागरिकले बिदेशी हतियारको मार्फत माफियाका मतियार र प्राय बौद्धिक बर्गलाइ विदेशीले किनी सकेका छन् ।त्यसकारणले सडकबाटै नेपाली अपनत्व भएको नेतृत्व र पद्धती निर्माण गर्नु अनिबार्य छ ,मिसन भिजन प्रतिबद्धताको प्रतियोगिता खुल्लारुपमा गरौ र ४७ साल पछिका सबै नेतृत्व बर्ग लाइ बिस्थापित गरि नेपालको माटो पानि मौलिकता लाइ चिनेको र माटोले चिनेको नेतृत्व र पद्धति सहितको राजनैतिक प्रशासनिक संरचना निर्माण गर्न सक्षम योग्य दक्ष नेतृत्व स्थापना गरौ।नेपालमा बैदेशिक हस्तक्षेप र दबाब प्रभाबलाइ निस्तेज गरि नेपाल पनि बिकासको लक्ष प्राप्तिको लागि यूरोपियन राष्ट्रहरु संगै कुद्न सक्छ भन्ने गरेर देखाई दिउ ,सडक बाटै सर्ब पक्षीय भेला मार्फत संबिधान निर्माण हुनु पर्ने अबस्था आइ परेको छ।
कारण ७ बर्ष लगाएर खर्बौ रुपिया बिदेशी सहयोग लिएर जबर्जस्त घोषणा गरिएको नेपालको संबिधान २०७२ राजनैतिक स्थायित्व शान्ति, स्वाधीनता , सुशासन एबम राष्ट्रिय एकताको प्रतिकुल भएको स्पस्ट देखिएको हुँदा तत्काल यो संबिधान पुनर्लेखन गरि परिमार्जन गर्न अनिबार्य भएको छ ।
असंबैधानिक र जनभावना बिपरित जबर्जस्ति झस्केलाबाट बिदेशीको अभिष्ट पुरा गर्न जनताले अविस्वास गरि हराइएका कांग्रेसका कृष्ण सिटौलाले राखेको प्रस्ताबमा लादिएको धर्म निरपेक्षता गणतन्त्र अनि संघियता नेपालको आर्थिक सामाजिक धार्मिक सास्कृतिक मौलिकताको बिरुद्ध भएको थियो जुन प्रयोग आज पूर्णरुपमा असफल भैसकेको हुँदा राष्ट्रिको स्वतन्त्रता स्वाधिनता सार्वभौमिकता समेत खतरनाक एबम बिकृतिपूर्ण अबस्थामा पुगी सकेको हुँदा अब हामिले आउने पुस्ताको सपना पुरा गर्ने संबिधान बनाउनु पर्ने माग सडकमा उठेको देखि सक्यौ ,.राष्ट्रिय पहिचान गुम्ने राष्ट्रिय एकता बिखन्डन गर्ने ,राष्ट्रिय मौलिक बिशेषता खरानी हुने र राष्ट्र लाइ असफलताको मुखमा पुर्याई सकेको यो बर्तमानको पद्धती वा संबिधान हाम्रो देशको अनुकुलता अनुरुप नरहेको स्पष्ट छ ।
कांग्रेस नेतृत्वमा भएको भनिएको ०६२/०६३ को आन्दोलनको एउटा मात्र माग ससदको पुनर्स्थापना मात्र थियो .नागरिक को धन जनको सुरक्षा प्रति चिन्तित राजा बाट कुनै बल प्रयोग नगरी आन्दोलनको माग लाइ सहर्ष स्वीकार गरि असंबैधानिक रुपमा नै सहि ससदको पुनर्स्थापना गरिदिए पस्चात बलात नागरिकको माग र चाहना बिपरित निषेध र बेइमानीको मानसिकताको राजनीतिले गर्दा संविधानसभाको पहिलो बैठक मै ति बिषय प्रवेश गराइएको कारण त्यसको नकारात्मक परिणाम देशले भोग्नु परेको सबैले महसुस गरेको बिषय हो.धोति र टोपी लाइ अलग्याउने फुटाउने लडाउने ,जनजातिका दलितका पीडितका नाममा नागरिक लाइ लडाउने फुटाउने र देश लाई दुरगामी नकारात्मक प्रभाब पार्ने दुषित राजनीति भित्र्याइएको छ जुन नेपालको शान्ति र स्थायित्वको प्रतिकुल छ .त्यसको बाबजुद दुइ तिहाइको कमुनिष्ट सरकार समेत असफल भएको छ जसले यो दल र नेतृत्व मात्र होइन बर्तमान पद्धति नै असफल भएको प्रमाणित गरि सक्यो ।
देश बिदेशीको लागि मजदुर उत्पादन गर्ने कारखाना भएको ३ दशक भयो किसान बाट मजदुर बनाइ बिदेशीको लागि मजदुर निर्यात गर्ने राज्य र सरकार निर्माण भएको छ जसले गर्दा धार्मिक सामाजिक सास्कृतिक बिचलन बिकृति विसंगतिको शिकार भएको र घर समाज र देशनै भताभुंग हुन् पुगेको छ देश अभिभाबक वा जिम्मेवार नेतृत्व बिहिन हुन् पुगेको छ .नेपाल लाइ आफ्ना दुइ छिमेकी मित्र राष्ट्रकोको बिरुद्ध लगायत तेस्रो देशको समेत खेल मैदान बनाइएको छ एउटा लाइ उचाल्ने र अर्को लाइ बदनाम गर्ने जस्तो व्यक्ति वा दल बिशेषको एजेन्डा जस्तो बैदेशिक नीति अपनाइएको छ यो अनियमितता अस्थिरता भ्रष्टाचार बन्द गर्न बेलगाम राजनीति र नेतृत्व लाइ अनुशाशित बनाउन मर्यादित बनाउन र राष्ट्रको शान्ति स्थायित्व र सम्वृद्धिको लागि अब बन्ने संबिधानमा निम्न .बुँदा हरु उल्लेख गर्नु अनिबार्य हुन्छ ।
१ -NO VOTE अधिकार -पार्टीले जनताले न रुचाएका व्यक्तिलाई वा खराब वा अयोग्य व्यक्ति लाइ जबर्जस्ति टिकेट दिएर पठाउने प्रवृति लाइ रोकी स्वच्छ नैतिकवान इमान्दार योग्य नेतृत्व चुन्न पाउनु पर्ने नागरिकको हक अधिकार सुरक्षित गर्न ।
२ -RE-CALL को अधिकार -जनता लाइ अनेक उडन्ते प्रलोभनमा पार्ने प्रतिबद्धताको एजेन्डा लिएर निर्बाचनमा जाने अनि आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भै कुनै बिकास निर्माण वा आफुले प्रतिबद्धता गरेको कुनै काम नगर्ने निर्बाचित नेतृत्व लाइ एक बर्ष पछी फिर्ता बोलाउन पाउने नागरिकको अधिकार सुरक्षित र सुनिस्चित हुनु पर्छ ।
३ -थ्रेस होल्ड को व्यवस्था -हाम्रो जस्तो आर्थिक बिपन्न देशमा धेरै राजनैतिक दल अभिश्राप भैसकेको छ राजनैतिक स्थिरता र दलको कार्य सम्पादन एबम जिम्मेवारी लाइ गहन बनाउन नेपालको लागि अधिकतम 3 दल भन्दा बढी आबस्यकता छैन .भ्रष्टाचारको र महंगीको अर्को मूल जड पनि धेरै दल हुन् ।
४ -सनातन हिन्दुराष्ट्र – हिन्दुराष्ट्र राष्ट्रिय र मौलिक पहिचानको बिस्वकै एक मात्र प्रतिक हो .तसर्थ मानब सभ्यता पश्चात सबै भन्दा पुरानो हिन्दु धर्म सस्कार र सस्कृतिको सभ्यता लाइ बिस्वमा जीवन्त पहिचानको रुपमा यथावत राख्न जरुरि छ ।
५ -सास्कृतिक धार्मिक वा संबैधानिक राजसस्था (राजतन्त्र होइन )अनिबार्य छ -नेपालको मौलिक धार्मिक सामाजिक सास्कृतिक विशिष्टता लाई निरन्तरता दिन , संरक्षण गर्न र राष्ट्रिय एकता लाइ कायम गर्न राजसस्थाको अनिवार्यता छ .देशमा रहेको अनियन्त्रित बेलगाम राजनीति र नेतृत्व लाइ एउटा सशक्त सस्था प्रति जवाफदेहिता बनाउनु नितान्त आबस्यक छ .एउटा STATES MAN बिना देशको साख घटेको छ । देशमा अनुशासनहिनताले चरमता नाघेको छ धार्मिक सास्कृतिक सामाजिक अनि भेष र भाषामा बिकृतिको उत्पाद मच्चाइएको छ .बिस्वको १७ औ जेष्ठ गौरवशाली देश नेपालको बिबिध मौलिकता मध्य एक हाम्रो पुरानो पहिचान राजसस्था बिना नेपालको अस्तित्व नरहने यो बिगतको १२ बर्ष को अनुभवले प्रमाणित गरि सक्यो ,आज दुवै छिमेकीले यो देशमा एउटा र स्थायी सस्थाको अभाब अनुभूति गरेको अबस्था छ ।
.६ – बैदेशिक ऋण ,अनुदान र रेमिटेन्स बाट चलेको देशको अर्थतन्त्रले प्रदेश मन्त्रि आदि इत्यादि को आर्थिक भार थेग्न नसक्ने हुँदा ७५ स्थानीय सरकार मार्फत केन्द्र स्तरको (मन्त्रालय )अधिकार प्रत्यायोजन गरि नागरिक लाइ सहज र सुबिधायुक्त राज्यको अनुभूति दिलाउने नीति ।
७ -भूगोल र जनसंख्याको आधारमा पनि भारत अमेरिका मात्र होइन बिस्वकै ठुलो राजनैतिक प्रशासनिक संयन्त्र भएको बर्तमान संबिधानले अपनाएको संरचना खारेज गरि -जनसंख्या र आर्थिक अबस्थाको कारण नेपालमा ९/११ भन्दा धेरै मन्त्रालय आबस्यक छैन .र एक मन्त्रालय एक मन्त्रि वा मन्त्रि र सहायक मन्त्रि बाहेक राज्यमन्त्री पद्धति खारेज हुनु पर्छ ।
८ १०१ सदस्यीय केन्द्रिय तल्लो सदन र ५१ सदस्यीय माथिल्लो सदन र दुवै सदनमा ९५ % निर्वाचित र ५ %राष्ट्रको बौद्धिक र बिज्ञ व्यक्तित्व हरु लाइ मनोनित गर्ने नीति हुनु पर्छ ।
९ निर्वाचन पद्धतिमा ब्यापक परिबर्तन गरि “मनि र मसल”बिना निर्वाचन जितिदैन भन्ने आज सम्मको मानसिकताको अन्त्य गरि व्यक्ति होइन बिचार लाइ रोज्ने बाताबरण निर्माण गरि योग्य नेतृत्व निर्वाचित गर्ने गराउने नागरिकको स्वबिबेकीय अधिकार लाइ सुनुस्चित पार्ने ।
१० -नैतिवान नेतृत्व -देशको राजनीति र नेतृत्व लाइ सुसस्कारी इमानदार निष्पक्ष र नैतिकवान बनाउन केहि निश्चित र न्युनतम नैतिक चारित्रिक सिमा भित्र राख्नु आबस्यक छ त्यसको राजनैतिक नेतृत्व लाइ मोरल क्यारक्टर ACT ले बाध्नु अनिबार्य छ .जसले गर्दा राजनीतिमा अपराधीकरण होइन सुसस्कार चरित्र नैतिकता एबम मानबियताले प्राथमिकता पाओस र देश मानब कल्याणकारी सुसस्कारी भनेर बिस्वले चिनोस बुद्ध चाणक्य पृथ्वी नारायण नीति लाइ कार्यन्वयन गरिने राजनीति हुनु पर्छ ,,,
११ हिमाल पहाड लक्षित शहरीकरण र बस्ति बिकास जसले गाउ बाट शहर र शहर बात विदेश पलायन हुने हाम्रो प्रवृति वा मानसिकता लाइ निषेध गरोस शिक्षा र स्वास्थ्य र सामान्य रोजगारीको लागि जन्मथलो र परिवार छोड्नु नपर्ने बिकासको नीति ।
१२ -दलित जनजाति पिछडा बर्ग जस्ता बिभेदीय शब्द बिहिन संबिधान -यो २१ औ शताब्धि “समान मानबिय मुल्य र मान्यताको मर्म लाइ गम्भीरतापूर्वक ब्यबहारमा कार्यन्वयन गर्ने गराउने समय हो।समाजको कलंक र मानबिय अपराधको सूचक र विद्रोहको कारक यस्ता बिभेदीय शब्द लाइ संबिधान बाट हटाएर संबिधानत् सम्पूर्ण नागरिकका हक अधिकार लाइ समानुपातिक बनाउनुको साथै आफ्नो योग्यता क्षमता अभिवृद्धि गर्न गराउन प्रतिष्पर्धी बनाउनु राज्यको दायित्व हो त्यसैले सबै जात र सम्प्रदाय लाइ समान रुपमा सम्मानित र मर्यादित बनाउन संबिधानमा यी र यस्ता अपहेलनाका सूचक शब्द हटाउन अनिबार्य छ .र शिक्षा र आत्मनिर्भरताको पहुचमा सबै तप्काका नागरिक लाइ पुर्याउने आर्थिक एबम बिकासको नीति अबलम्बन गर्नु अनिबार्य छ ।
१३ – CIVIC SENSE ACT व्यवस्था गरियोस -हिन्दु र बौद्ध धर्म को उदगम पबित्र स्थल .ऋषिमुनी हरुको तपोभूमि नेपालमा जुन सास्कृतिक धार्मिक अनि सामाजिक बिकृति आएको छ जसरि असहिष्णु बन्दै गएका छौ अनुशासनहीनता बढ्दै गएको छ यसको नियन्त्रण र अनुकरणीय सुसस्कारी समाज निर्माणको लागि संबिधानमा नै उल्लेख गरि CIVIC SENSE ACT बनाएर NORMS OF STRONG CIVIC SENSE को मर्म लाइ ब्यबहारमा कार्यन्वयन गर्न राज्य र नागरिक लाई देश प्रतिको जिम्मेवारी बोध मात्र होइन दायित्व बहन गर्ने गराउने शिक्षा नीति सहितको CIVIC SENSE ACT को अनिबार्य ब्यबस्थाको नीति ।
१४ बिस्वको दुइ बिसाल जनसंख्या भएका चीन र भारत जो आर्थिक सम्बृद्धिमा पनि बिस्वकै शक्तिशाली राष्ट्र बनि सकेका छन् जुन देशमा दुइ ठुलो धार्मिक आस्था बौद्ध र हिन्दु हरुको आस्थाको केन्द्र रहेको नेपालको आर्थिक स्रोत र सम्पन्नताको मुख्य आधार धार्मिक पर्यटन ,अध्यात्म आयुर्वेदिक (जडिबुटी )कृषि मा आधारित आर्थिक नीति र आत्मनिर्भरताको बाटो हुनु पर्छ ,आउनुस पृथ्वी नारायणले देश निर्माण गरे हामि राष्ट्रिय एकता र साझा भावना निर्माण गर्नको लागि एउटा संबिधान कोरौ ,,
Shekhar Dhungel (शेखर ढुंगेल)
सृष्टि कर्ता ले मानिस लाइ दया करुणा सेवा र संबेदनसिल प्राणि वा आफ्नो प्रतिनिधि को रुपमा बनाएको हुन् .तसर्थ जहाँ आबस्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क , बिना आफ्नो पराइ को परिचय बिना फाइदा बेफाइदा को हिसाब ,बिना सुबिधा असुबिधा को बहाना दया भाब देखाई हाल्नु पर्छ सहयोग को हात बढाई हाल्नु पर्छ जहाँ आबस्यकता हुन्छ त्यहाँ आफै लाइ उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिक को उदाहरण हुनु हो ।
http://katunjedhungel.blogspot.com
प्रतिक्रिया