आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,
अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरको एक पोखरीमा गाडी डुब्दा ज्यान गुमाउने बिद्यार्थी २० बर्षिय निश्चल भट्टको अन्त्येष्टि भर्जिनियाकै स्यानटिली शहरमा सम्पन्न भएको छ । होनहार ,ठूलो सपना बोकेर अमेरिका छिरेका बिधार्थी निश्चल भट्ट अब कहिले नफर्कने गरि हामी सबैलाई छोडेर गएका छन् । उनि अर्कै लोकमा प्रवेश गरेका छन् ।
केवल २० बर्षको उमेरमा ज्यान गुमाएका निश्चलको अन्तिम संस्कारको लागि उनका माता पिता र बहिनी समेत आई बुवाले आफ्नो प्यारो सुपुत्रलाई दाग बत्ती दिए । पिता हरि भट्ट र माता तारा भट्ट तथा १४ बर्षिय निश्चलकी बहिनी समेत अन्त्येष्टिमा उपस्थिति रहेको थियो ।
२-३ दिन अगाडी मात्र छोरालाई श्रद्धान्जली अर्पण गर्न मातापिता नेपालबाट अमेरिका आएका हुन् । निश्चलको हिन्दु धर्म अनुसार दाहसंस्कार सम्पन्न गरिएको छ । डिसी महानगर क्षेत्रका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । दाहसंस्कारको सबै कार्य भर्जिनियाकै पण्डित राजेन्द्र खनालले गरेका थिए ।
त्यस्तै गत जनवरी १३ का दिन उनीसंगै एकै गाडीमा डुब्दा आफ्नो ज्यान गुमाउने ५५ बर्षिय कर्ण खड्काको पनि स्यानटिली शहरमै सम्पन्न गरिएको थियो । उनको दाह संस्कारमा उनका छोराले दाग बत्ती दिएका थिए । खड्काको पनि निश्चलको अन्तिम संस्कार गरेको यही स्थानमै गरिएको थियो । खड्काको अन्तिम श्रद्धान्जलीमा पनि डिसी महानगर क्षेत्रका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
निश्चल तथा कर्णको दाह संस्कारमा वातावरण निकै भावुक बन्न पुगेको थियो । पुष्प गुच्छाको साथै श्रद्धा सुमन अर्पण गरेका थिए । दुवैको दुवै मितिमा तस्बिरहरु राखिएको समुदायले श्रद्धा सुमन अर्पण गरेका थिए ।
२० बर्षिय निश्चल भट्ट आमाबुवाका एक मात्र छोरा र केवल बिद्यार्थी प्रवेशाज्ञा(भिसा)मा आएको ६ महिनामा ज्यान गुमाएका थिए । अब उनि बिलिन भएका छन् । खड्का तथा भट्ट गत जनवरी ९ बिहीबार बिहान एउटा अतिथि गृह(होटल) बाहिरको पोखरीमा उनीहरुको निजी गाडी (कार )हिउ पोखरीमा डुब्दा दुबैको ज्यान गएको थियो ।
दुवैको लागि गो फण्ड मी संचालनमा ल्याईएको थियो । गत जनवरी १० शुक्रबारका दिन गैर आवासीय नेपाली संघ भर्जिनिया तथा कुल बहादुर थापा मगरले गो फण्ड मी संचालनमा ल्याएका थिए । कूल लक्ष्य ५० हजार डलर राखिएको छ भने अहिले सम्म २५ हजार डलर संकलन भएको छ ।
अब उक्त संकलन कार्य बन्द गरिने बताईएको छ । स्व कर्ण खड्का तीन छोराछोरीको मायालु बुबा, आफ्नो परिवारको लागि शक्तिको खम्बा थिए । उनि सबैको प्रिय साथी थिए। उनि पनि हामी सबैलाई छोडी कहिले नफर्कने गरि बिलिन भएका छन् ।
हार्दिक श्रद्धान्जली – इनेप्लिज परिवार
प्रतिक्रिया