गत आइतबार फेब्रुअरी ९ का दिन सम्पन्न अमेरिकी भकुण्डो सुपर बाउल अर्थात् अन्तिम खेल प्रतियोगितामा फिलाडेल्फिया इगल्सले क्यान्सस सिटी चिफ्सलाई ४०-२२ ले हराएको छ ।
दुई पटक लगातार बिजयी भएको क्यान्सस सिटी चिफ्सको रक्षा पंक्ति सशक्त भएको टोलीलाई हराउन सकेन । र लगातार तेश्रो पटक बिजेता हुन् बाट चिफ्स चुकेको छ । एनएफएलमा रक्षा पंक्तिमा शीर्ष स्थानमा रहेको इगल्सले आफ्नो टोली सशक्त रहेको प्रमाण गरि दिएको छ । चिफ्सको ३ पटक बिजय हुने सपना चकनाचुर भएको छ ।
फिलाडेल्फिया ईगल्सले आइतबार सुपर बाउल ५९ औ प्रतियोगितामा क्यान्सस सिटी चिफ्सलाई ४०-२२ ले अचम्मित पार्दै आफ्नो दोस्रो लोम्बार्डी पदक दाबी गर्यो । चिफ्सका प्याट्रिक महोम्सले अहिले सम्म कै सबै भन्दा फितलो प्रदर्शन गरे । उनको केही शीप चलेन। प्रतियोगितामा इगल्सका खेलाडीले उनलाई चारै तिर घेर्ने र पटक पटक लडाएका थिए अर्थात् स्याक्स गरे ।
फिलाडेल्फिया ईगल्सले मध्यान्तर सम्म चिफ्सलाई २४-० मा राख्न सफल भएको थियो । अन्तिम अर्थात् चोथौ चरण( फोर्थ क्वाटर )मा चिफ्स कूल २२ अंक मात्र जोड्न सफल भयो ।
प्रतिक्रिया