नगर प्रमुखले गरे मन्दिरको उद्घाटन

इनेप्लिज २०८१ माघ २९ गते २१:५४ मा प्रकाशित

रौतहट÷रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले माईस्थान मन्दिरको उदघाटन गरेका छन् । गत वर्ष पुसमा शिलान्यास गरिएको मन्दिरको माघ २८ मा उदघाटन गरिएको हो । नगर प्रमुख साहले विधिपूर्वक पूजा अर्चना गरी मन्दिरको उदघाटन गरेका हुन् ।

गौर नगरपालिका १ मा अवस्थित माईस्थान मन्दिरको मन्दिरको पुनः निर्माण गरिएको हो । गौर नगरपालिकाको लागतमा मन्दिरको पुनः निर्माण गरिएको हो ।
रौतहट लगायत मधेशको अधिकांश गाउँमा माईस्थान मन्दिर हुने गरेको छ । हरेक गाउँको ग्राम देवीको रुपमा निकै प्रख्यात देवीको रुपमा अनादिकालदेखि पूजा गरिँदै आएको छ । गौर नगरपालिकाले १ नम्बर वडामा भव्य आधुनिक मन्दिरको पुनः निर्माण गरेको हो ।

हालै बानेश्वरनाथ महादेव मन्दिरको उत्खनन गरेको गौर नगरपालिकाले नगर क्षेत्रको मठ तथा मन्दिरको निर्माण तथा पुनः निर्माणमा निरन्तर ध्यान दिएको छ । नगर प्रमुखका साह निर्वाचित भएपछि गौरका धार्मिक तथा पर्यटकीयस्थलको मर्मत तथा सुधार हुँदै आएको छ ।

नगर प्रमुख साह धार्मिक प्रवृत्तिको भएकाले मन्दिर तथा धार्मिकस्थलको संरक्षणमा ध्यान दिँदै आएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया