दुबई । युएईस्थित नेपाली कामदारहरुको संख्या लगभग ६ लाखको हाराहारीमा रहेका अनुमान गर्न सकिन्छ भने अझैं दिनाहुं भित्रिने क्रम जारी रहेको देखिन्छ । नेपालीहरुको बृद्धिसंगै दुबईमा नेपाली व्यवसायहरु पनि फस्टाउदै गएको पाईन्छ । आईतबारे सार्वजनिक बिदाका दिन नेपालीहरुको धेरै चहलपहल रहने बरदुबईको आबरा साईडमा गएको २२ फेब्रुवरी २०२५ शनिकारका दिन फेरि अर्को पि एण्ड डि गाउंवेशी नेपाली रेष्टुरेण्ट मौलिक पंञ्चेबाजामा रमाईलोसंग भव्य रुपमा उद्घाटन गरेको छ । सो रेष्टुरेण्ट पदम राना मगरको प्रत्यक्ष लगानीमा नेपाली र बिदेशी ग्राहकहरुलाई लक्षित गरि खोलिएको हो ।
उक्त उद्घाटन कार्यक्रमलाई नेपाल मगर संघ शाखा युएईका वरिष्ठ उपाध्यक्ष बिष्णु राना मगरको संचालनसंगै नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएईका अध्यक्ष विकास शाही, नेपाली समाज युएईका उपाध्यक्ष रेशम खनाल, नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम लिम्बु र पि एण्ड डि गाउंवेशी नेपाली रेष्टुरेण्टका संचालक पदम राना मगरको सुपुत्री दिप्सना रानाको हातबाट संयुक्त रुपमा रिवन काटेर भएको हो । अतिथिहरुको रुपमा युएईस्थित क्रियाशिल बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी, बुद्धिजीवी, लोकल अरबी र पत्रकारहरु रहेका थिए ।
युएईमा पनि नेपाली परिकारका खानाहरु धेरै प्रसिद्ध भएको पाईन्छ । खासगरी दालभाट, मः मः चौमिन र अचारसंग सेलरोटी बिदेशीहरुको पहिलो रोजाईमा पर्ने परिकार हो । यो रेष्टुरेण्टमा अन्य रेष्टुरेण्टहरुको तुलनामा अलिक फरक खालको खानाहरु पस्किने जमर्को गरेको छ । जस्मा पाल्पाको प्रसिद्ध चुकौनी, बारा (बटुक) स्वयरमा र तन्दुर रोटी रहेका छन् । जस्ले गर्दा ग्राहक वर्गले नौलो स्वादको अनुभव गर्न सकिन्छ । कुनै पनि विवहा, जन्मदिन या अन्य भोज पार्टीहरुका लागि बिशेष गरि साउण्ड स्यस्टमका साथ राम्रो स्टेज भएको एक सय जना अताउने हलको व्यवस्था रहेको छ । समयको अभाव हुने ग्राहकहरुलाई सहज र सरलका लागि होम डेलिवेरीको सुविधा पनि रहेको छ ।
दुबईको मुटु मानिने बरदुबईमा आबरा साईड भन्ने बित्तिकै पर्यटकहरुको चहलपहल रहने स्थल पर्दछ । पर्यटकहरुको घुईचोसंगै सानो पानी जहाजमा डेरा बजार जान र आउनमा निकै भिडभाड हुने ठाउं हो । त्यहि भिडभाडको बिचौबिचमा रेष्टुरेण्ट रहेको छ । रेष्टुरेण्टको टेवलमा बसेर खानाको स्वादसंगै समुन्द्रको नजाराले झनै ग्राहकहरुको मन जित्ने पक्का भएको छ । समुन्द्रको किनारमा समुन्द्रको हावा र छाल छल्कि रहको हुन्छ भने चराहरुको चिरबिरसंगै पानी जहाजको ओहोर र दोहरले सुनमा सुगन्ध थपिदिएको हुन्छ । संचालक पदम राना मगरले सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई रेष्टुरेण्टमा भिजिट गर्नका लागि आग्रह समेत गरेको छ ।
प्रतिक्रिया