भर्जिनियामा घर जग्गा किनबेचको लागी रियल्टर मुना भण्डारी

इनेप्लिज २०८१ फागुन १४ गते ११:३४ मा प्रकाशित

अमेरिकामा घर किनबेच गर्नका लागि लाइसेन्स चाहिन्छ । नर्दन भर्जिनियामा २० बर्ष बसिसकेकी मुना भण्डारीले भर्जिनिया राज्यबाट रियल्टरको लाइसेन्स प्राप्त गरेको पनि लगभग १ बर्ष हुन लाग्यो । उनी हाल भर्जिनियामा घर जग्गा किनबेच गर्ने कार्यको लागि कानूनी रूपमा अधिकार प्राप्त भएकी छिन ।

को हुन त मुना भण्डारी-

सन् २००४ सालमा डि भि लट्री परेर सन २००५ मा भर्जिनियामा आएकी मुना भण्डारी म स्यमकी छोरी ( परशुराम भण्डारी यसोदा भण्डारी) हुन । साथै उनको बिबाह काठमांडू धुमबाराही निबासी पेशल पोखरेलका साथमा सन २०२१ मा बिबाह बन्धनमा बाधिई अहिले एउटा डेढ बर्षको छोरा सहित आसबर्न भर्जिनियामा बस्दै आएकी छिन ।

मुना भण्डारी- मक्लिन स्थित लंगफेलो मिडिल स्कूल हुदै हरण्डन हाई स्कूलबाट प्लस टू गरेर भर्जिनियाकै प्रतिष्ठित युनिभर्सिटी “ जर्ज मेशन युनिभर्सिटी फेयरफेक्स “ बाट अण्डर ग्र्याड पास गरिन ।

हाल उनी के गर्छिन त ? उनीसंग हाइस्कूल ग्र्याजुएशन देखि नै काम गरेको लामो अनुभव छ । साथै अमेरिकाका बिभिन्न प्रतिष्ठित कम्पनीमा काम गरेकी मुना अहिले पनि कार्यरत छिन ।

मुना भण्डारी ले किन रियल्टर पेशा रोजिन त

पब्लिकसंग संपर्कमा रहन रूचाउने मुनाले नेपाली समुदायका सदस्यहरूलाई सहयोग पनि गर्ने र पार्ट टाइम आम्दानीका लागि पनि उनले यो ब्यबसायमा संलग्न रहने इच्छा गरिन ।

मुनालाई नेपाली समुदायले कसरी सहयोग गर्न सक्छ त

नेपाली समुदायका हरेक कार्यक्रममा उनी सहभागी बन्न नसके पनि उनको प्रतिनिधित्व अरू सदस्यहरूले गर्दै गरेका उदाहरणहरू प्रशस्त छन । यदि तपाईहरु वा तपाईका साथी सर्कल कोही घर किन्न चाहनु हुन्छ , बिक्री गर्न चाहनु हुन्छ भने उनीसंग संपर्क गर्न सक्नु हुनेछ ।

मुनाको एउटै चाहना यस्तो पनि छ “ बाबाले अब काम गर्ने होइन नाति हेरेर बस्ने हो “ भन्दै बाबा ममीलाई समेत उनले रिटायर्ड बनाउन कोशिस गरेकी छिन । अत: यदी यहांहरु जो जहांबाट यो स्टाटस पढ्नु हुन्छ , तपाईका साथीहरु नर्दन भर्जिनियामा मुभ हुदै हुनुहुन्छ वा अन्यत्र बसाई सर्नका लागि घर बेच्दै हुनुहुन्छ भने पनि मुना भण्डारीलाई वा मलाई पनि म्यासेज गर्न सक्नु हुनेछ । नर्दन भर्जिनियामा धेरै साथीहरुलाई घर किन्नका लागि म स्वयमले पनि रिफरल गरेको , मुना स्वयमले को साइन बसेर अरूका लागि घर किन्नमा सहयोग गरेका थुप्रै उदाहरणहरू छन । त्यसैले पनि अब तपाईहरूले पनि एउटी नेपाली कि छोरीले म पनि केही गर्छु भनेर अगाडि बढिरहदा पक्कै पनि साथ दिनु हुनेछ , सहयोग गर्नु हुनेछ भनेर अपेक्षा गर्दछु ।

मुनाको नयां प्रोफेसनमा सफलता मिलोस , तिमीले प्रस्ताव गरे अनुसार हामी तिम्रो बाबु , हाम्रो नातिको पूर्ण टेककेयर गर्ने छौ ।

परशुराम भण्डारी भण्डारीको फेसबुक बाट

परशुराम भण्डारी नेपाली अमेरिकन सामुदायिक केन्द्रका बोर्ड अफ ट्रष्टी सदस्य तथा एन आर एन का अभियन्ता हुनुहुन्छ ।

प्रतिक्रिया