घटना विवरण:-
मिति २०७५।१०।०८ गतेको अर्घाखाँची जिल्ला अदालतको फैसला र मिति २०७८।०५।२९ गतेको उच अदालत तुल्सीपुर वुटवल इजलासको फैसलाले जवरजस्ती करणी तथा वाल विवाह सम्बन्धी मुद्दामा जनही २।२ महिना सजाय तोकी फरार रहेका निम्न प्रतिवादीहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।१८ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित अर्घाखाँची जिल्ला अदालत पठाईएकोमा अर्घाखाँची जिल्ला अदालतको आदेश अनुसार निज प्रतिवादीहरुलाई कैद भुक्तानको लागी जिल्ला कारागार अर्घाखाँची चलान गरिएको ।
पक्राउ पर्ने व्यक्तिहरुको विवरण:-
१.नामथर:-बसन्ता के.सी
ठेगाना:-जिल्ला प्यूठान झिमरुक गाउपालिका वडा न. १
उमेर:- २९ बर्ष
कैद:- २ महिना
पक्राउ मिति:- २०८१।११।१८ गते
पक्राउ स्थान:- जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा न. १ शान्ति बगैचा
२.नामथर:-रेखा के.सी
ठेगाना:-जिल्ला प्यूठान झिमरुक गाउपालिका वडा न. १
उमेर:-२७ बर्ष
कैद:२ महिना
पक्राउ मिति:- २०८१।११।१८ गते
पक्राउ स्थान:- जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा न. १ शान्ति बगैचा
संक्षिप्त विवरण:- जिल्ला प्यूठान झिमरुक गाउँपालिका वडा न. १ बस्ने बर्ष २९ की बसन्ता के.सी र ऐ.ऐ बस्ने बर्ष २७ की रेखा के.सीले पिडित वर्ष १४ की संकेत नं. ५२ (ह२) लाई मिति २०७४।१२।१६ गते विभिन्न प्रलोभन देखाई जिल्ला अर्घाखाँची साविकगोखुङ्गा गा.वि.स. वडा नं. ०३ हाल मालारानी गाउँपालीका वडा नं. ९ बस्ने आफ्नो दाईलोकेन्द्र भुषालसंग रागामारे मन्दिरमा पिडीतको सिउँदोमा सिन्दुर हालिदिई वाल विवाह गराई घरमा लगी भित्राएपछी निज लोकेन्द्र भुषालले निज पिडीत वालिकालाई जबरजस्ती करणी समेत गरेको र सोही कार्यमा पक्राउ परेका बसन्ता के.सी र रेखा के.सीले मतियारको भूमिका निर्वाह गरेकोले निजहरुलाई समेत सजाय ठहर भएको । निज लोकेन्द्र भुसाललाई मिति २०७५।१०।०८ गतेको अर्घाखाँची जिल्ला अदालतको फैसलाले जवरजस्ती करणी मुद्दामा ६ बर्ष कैद र रू.५०,००००।– जरिवाना र वालविवाह मुद्दामा २ बर्ष २ महिना कैद गरी जम्मा ८ बर्ष २ महिना कैद तोकिएकोमा निज लोकेन्द्र भुसालले जिल्ला कारागार अर्घाखाँची कैद भुक्तान गरिरहेको ।
मिति:-२०८१।११।१९ गते
।
सूचना अधिकारी
जगन्नाथ मरासिनी
(प्रहरी निरीक्षक)
सम्पर्क नं.९८५७०८६०९९
प्रतिक्रिया