२०५१ साल भदौ १ गते दाङमा जन्मिनु भएका डा. सन्देश लम्साल एक सफल चिकित्सक मात्र नभई प्रभावशाली व्यक्तित्वका रूपमा पनि परिचित हुनुहुन्छ। उहॅाले चिकित्सा क्षेत्रसँगै सामाजिक सन्जालमा पनि आफ्नो बेग्लै पहिचान बनाउन सफल हुनुभएको छ। विशेष गरी इन्स्टाग्राममा १० लाख (१ मिलियन) फलोअर्स पार गर्ने पहिलो नेपाली डाक्टर बन्न सफल भएपछि, डा. लम्सालको लोकप्रियता सामाजिक सन्जालमा थप चुलिएको थियो। उहॅाको आधिकारिक इन्स्टाग्राम प्रोफाइल करिब एक वर्ष अगाडि भेरिफाइ भएको थियो।
यसका साथै डा. लम्सालको टिकटक, लाइकि, मोज, टेलिग्राम, युट्युब, जोश जस्ता अन्य सामाजिक संजालहरूमा रहेका प्रोफाइलहरु पनि पहिले नै भेरिफाइ हुनुका साथै उहॅाले लाखौँ समर्थकहरूको माया पाउन सफल हुनुहुन्छ। हालै, उहॅाको फेसबुक पेज पनि आधिकारिक रूपमा भेरिफाइ भएको छ, यससँगै उहॅा सबै सञ्जालहरूमा भेरिफाइ हुने पहिलो नेपाली चिकित्सक बन्नुभएको छ।
यस उपलब्धिपछि उहॅाको सोशल मिडिया टिमद्वारा सामाजिक सञ्जालमार्फत सबै समर्थकहरूलाई धन्यवाद व्यक्त गर्दै, हाम्रो फेसबुक पेज आधिकारिक रूपमा भेरिफाइ भएको जानकारी गराउन चाहन्छौ। यो उपलब्धिसँगै डा. लम्सालका सबै सामाजिक सञ्जालहरुमा रहेका प्रोफाइल भेरिफाइ भएका छन्। हामीलाई निरन्तर साथ दिनुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछौ।” (अङ्ग्रेजीबाट नेपालीमा अनुवादित) पोस्ट गरिएको थियो। उहॅाले गुगल, डिजेल जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूका साथै Chinese Embassy Youth Pioneer Program(CNYP) का मार्फत नेपाल स्थित चीनिया दूतावास सँग समेत सहकार्य गरिसक्नुभएको छ। उहॅाले सामाजिक संजाललाई केवल मनोरञ्जनका लागि भन्दा पनि जनचेतना फैलाउने प्रभावकारी माध्यम बनाउनुभएको छ। स्वास्थ्यसम्बन्धी जानकारीमूलक सामग्री साझा गर्ने होस् वा सामाजिक मुद्दामा आफ्नोधारणा स्पष्ट पार्ने होस्, उहॅाका पोस्टहरूले जनमानसमा निकै ठूलो प्रभाव पार्ने गर्छन्।
डा. लम्साल नेपाली समाजमा विद्यमान अन्याय, भेदभाव, अन्धविश्वास, तथा असमानताविरुद्ध खुलेर बोल्ने व्यक्तित्व हुनुहुन्छ। उहॅाले समयसमयमा समाजमा गढेका गलत प्रवृत्तिहरूविरुद्ध आवाज उठाउँदै आउनुभएको छ। भविष्यमा उहॅाले सामाजिक संस्था स्थापना गरी असहाय तथा विपन्न समुदायको स्वास्थ्य सेवा सुधार गर्नुका साथै नेपाली सामाजको सुदृढिकरण तथा विकास गर्ने लक्ष्य राख्नुभएको छ। नेपालका दुर्गम स्थानहरूमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने सपना बोकेको उहॅा चिकित्सा, समाजसेवा, र सामाजिक संजालमा आफ्नो सकृयता तथा प्रभावकारितालाई समान रूपमा अगाडि बढाइरहनुभएको छ।
डा. सन्देश लम्सालले केवल चिकित्सा क्षेत्रमा मात्र सीमित नभई सामाजिक संजाल तथा अन्तर्राष्ट्रिय कुटनितिक क्षेत्रमा समेत बहुआयामिक व्यक्तित्वका रूपमा नेपाली समाजमा आफ्नो नाम स्थापित गर्न सफल हुनुभएको छ। स्वास्थ्य सेवा, खेलकुद, सामाजिक सञ्जाल, र सामाजिक उत्तरदायित्वको क्षेत्रमा उहॅाले पुर्याएका योगदान प्रेरणादायक छन्। उहॅाले नेपालभित्र मात्र नभई, अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको पहिचानलाई मजबुत बनाउँनुका साथै प्रवर्धन गर्दै आउनुभएको छ। उहॅाका प्रेरणादायी कार्यहरूले विश्वभरका लाखौँ युवाहरूलाई समाज परिवर्तनका लागि अग्रसर हुन हौसला प्रदान गर्ने गरेका छन्। भविष्यमा उहॅाले आफ्नो सामाजिक तथा व्यावसायिक यात्रालाई अझ व्यापक बनाउने कुरामा कुनै द्विविधा छैन।
URL of Dr. Lamsal’s Facebook Page: https://www.facebook.com/sandesh.1994
प्रतिक्रिया