गत फेव्रवरी २८ तारिख शुक्रवार अमेरिकाको पूर्विय समय अनुसार साँझ सात बजे बालकविहरूले कविता सुनाए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )बाल समितिले बिभिन्न देशका बालबालिकाहरूलाई कविता वाचन गराई कविता क्यालेण्डर निकाल्ने योजना बनाएको छ । अघिल्लो हप्तामा क्यानडाका बालबालिकाहरूले कविता वाचन गरेका थिए । मार्च आठमा अष्ट्रेलियामा वालकविता कार्यक्रम हुँदैछ ।प्रवासमा छरिएर रहेका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा साहित्य र संस्कृति सिकाउन सकेमात्र प्रवासमा रहेका नेपालीहरूको पहिचान रहने छ भन्ने मूल धेयका साथ सुरू भएको अभियानमा अमेरिकाका बालबालिकाहरू पनि जुटेका थिए । अमेरिकाबाट बालसमितिका सदस्यहरू क्रमश मिरा कोइराला, पद्मा लिंखा मगर, जानु ओझा, र कृष्ण रेग्मी रहनु भएको छ ।
बालसमितिको आयोजनामा भएको कविता वाचनमा अनेसासा केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्ले, महासचिव राजु सिटौला, निवर्तमान अध्यक्ष गोवर्धन पूजा, निवर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, न्यूयोर्क च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठ, साहित्यकार निलकण्ठ सुवेदी, बाल समितिका सल्लाहकार एवंम् वरिष्ठ बाल गीतकार रामबाबु सुवेदी को पनि पर्वेक्षण रहेको थियो ।
बालसमितिको संयोजक सुरेन उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभन खरेल, अभिनव थुलुङ, सकल्प लामिछाने, आरभ अर्याल, साहिन मैनाली, कृषा डंगोल , आलस भट्ट ,यूवा भट्ट, उदेन राना, सर्वोच्च राम्पाङ, अनुष थापा ,गरिमा राना मगर ,गृष्मा रानामगर , शोफिया अधिकारी ,प्रसुन पौडेल, वर्दा चापागाई , विकल्प लामिछाने ,निलिमा राई, रियाज श्रेष्ठ ,रिसभ श्रेष्ठ ,रिवाज केसी, ईशा चापागा, श्रेयश थारू, शकिरा रिमाल, परिधी गौतम ,श्रेया सुवेदी, कुश संग्रौला, सुलभ सिग्देल,हिमाङसी धिताल ,हिमाक्क्षी धिताल ,आयुश धिताल, आयुशा चापागाई , दिपशिखा घिमिरे, दिव्या घिमिरे , भगवती यादब, श्रेया खरेल ,आरोन राज घिमिरे, अमन ढुँगाना आदिले आआफ्ना सुन्दर कविताहरू वाचनगरेर सुनाउनु भयो ।
कार्यक्रममा बिभिन्न साहित्यकारहरूले आफ्ना भनाइहरु राख्दै शुभकामना दिनु भएको थियो । शुभकामना दिनेहरूमा अनेसासका पूर्व उपाध्यक्ष राजेन्द्र श्रेष्ठले छन्दमा लेखिएको बालबालिकाहरूलाई उत्साह र प्रेरणा भर्ने कविता सुनाउनु भएको थियो । अनेसास च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठले आफुले सोचे जस्तो कार्यक्रम भएकोमा खुशी व्यक्त गर्नु भयो । न्यूयोर्क च्याप्टरले आवश्यक पर्ने सबै प्रकारका सहयोगहरू गर्ने प्रतिबद्धता जनाउँदै बधाइ तथा शुभकामना दिनु भयो । त्यस्तै गरी न्यूयोर्क च्याप्टरका उपाध्यक्ष जानुका वस्ती ढकालले बालबालिकाहरूको कविता वाचनको प्रसंसा गर्दै शुभकामना दिनु भयो । अनेसासका महासचिव राजु सिटौलाले यो एक ऐतिहाँसिक कार्य भएको भन्दै सबै सहभागी बालबालिकाहरूलाई मिठा मिठा कविता वाचन गरेको मा बधाई तथा शुभकामना दिनु भयो । वालसमितिका सल्लाहकार रामबाबु सुवेदीले आफ्नो वाल गीत सुनाएर शुभकामना दिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेले श्रष्ठाहरू भनेका कुनै बाद विचार र प्रलोभनको बन्धनमा कैद हुँदैनन् । स्वतन्त्र भएर सबैको हितका लागि काम गर्छन् । सत्यको पक्षमा वकालत गर्दछन् । कुनै त्रासमा लोभमा नफस्ने हुन्छन् । भोली हाम्रा नानी बाबुहरूले नोवेल पुरस्कार प्राप्त गर्न सक्ने बन्नु पर्दछ । यस्ता प्रतिभाशाली नानीबाबुहरूले आफ्नो भाषा साहित्यलाई निरन्तरता दिनु भर्दछ भन्दै शुभकामना दिनु भयो ।
कार्यक्रमलाई साहित्यकार मिरा कोइराला र गीतकार पद्मा लिङ्खा मगरले आकर्षक ढंगबाट सन्चालन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले गर्नु भएको थियो । बिभिन्न नेपाली पाठशालाका शिक्षक शिक्षिकाहरूले वालवालिकाहरूलाई कविता लेख्न र भन्ने उत्प्रेरित गर्नु भएको थियो । अविभावकहरूले आफ्ना नानीबाबुहरूसँग सहभागी भएर प्रेरणा दिइरहनु भयो ।
कार्यक्रमको अन्त्यमा संयोजक सुरेन उप्रेतीले सबैलाई धन्यवाद दिँदै बालबालिकाहरूको प्रस्तुतिले आफूलाई गर्व बोध भएको कुरा राख्नु भयो । सबै शिक्षक शिक्षिकाहरू र अविभावकहरू प्रति नतमस्तक भएको कुरा बताउनु भयो । उहाँले भन्नु भयो “गज्जबको सुन्दा पनि गर्व लाग्ने कुरा त नेपाली पाठशालामा नेपाली पढ्न सिकेर, त्यँही नेपाली पढाउने सहयोगी हुँदै पूर्ण शिक्षक भएर पढाउने कम उमेरका नानी बाबुहरू देख्दा सबैलाई प्रेरणा मिल्दथ्यो । त्यस्ता ज्ञानी र मेहनती छोराछोरी हुनु भनेको बुबाआमाहरूका लागि मात्र नभएर सबै नेपालीहरूका लागि गर्वको कुरा हो । भोली डायस्पोरामा नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाउने सारथीहरू भनेका नै यी नानीबाबुहरू हुन ।“ भन्दै कार्यक्रमका सबै सहभागी सहयोगीहरूलाई धन्यवाद दिनु भयो । अब क्यालेण्डर प्रकाशानार्थ सबै कविताहरू एक प्रति फोटो वालवालिकाको जन्म महिना र पढ्दै गरेको कक्षा उपलब्ध गराइ दिन अनुरोध गर्नु भयो । सबै समाजसेवी साहित्यकारहरू व्यवसायी व्यापारीहरूलाई सहयोगको लागि अनुरोध गर्दै कार्यक्रमको अन्त्य गर्नु भयो ।
कार्यक्रमलाई यो लिङमा गएर हेर्नु र सुन्न सकिनेछ ।
प्रतिक्रिया