“नक्कली भारतीय मुद्रा सहित मानिस पक्राउ”

इनेप्लिज २०८१ फागुन २० गते १२:२८ मा प्रकाशित

घटना विवरण:-


मिति २०८१।११।१८ गते राती अं. २०:०० बजेको समयमा जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. १२ ठुलोढोडेनी पहिरो स्थित गोरुसिङगे सन्धीखर्क सडक खण्डमा यस कार्यालयबाट गस्तीमा खटीएको प्रहरी टोलिले शंकास्पद रुपमा हिडिरहेका जिल्ला पाल्पा रैनादेवी छहरा गाँउपालिका वडा नं. ४ घर भई हाल जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. १ बस्ने बर्ष १९ को दिपक राना भन्ने यान बहादुर बस्नेत क्षेत्री नाम बताउने व्यक्तिलाई फेला पारी रोकी सोधपुछ तथा चेकजाँच गर्दा निजले बोकेको पर्समा नक्कली भारतीय मुद्रा जस्तो देखिने 9BR 000126 2000 (दो हजार रुमाल) उल्लेख गरीएका नोट थान – ९ फेला पारी निज मानिसलाई नियन्त्रणमा लिई अनुसन्धान कारवाहीको लागी सम्मानित अर्घाखाँची जिल्ला अदालत पेश गरेकोमा अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धि कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।

पक्राउ पर्ने व्यक्तिको विवरण :-

नामथर:- दिपक राना भन्ने यान बहादुर बस्नेत क्षेत्री
उमेर:- १९ वर्ष
वतन:- जिल्ला पाल्पा रैनादेवी छहरा गाँउपालिका वडा नं. ४ घर भई हाल जिल्ला
अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. १ बस्ने
पक्राउ मिति:- २०८१।११।१८ गते ।
पक्राउ स्थान:- जिल्ला अर्घाखाँची शितगंगा नगरपालिका वडा नं. १२
ठुलोढोडेनीको पहिरा स्थित गोरुसिङगे सम्धिखर्क सडक खण्ड
बरामद गरिएको मुद्राका फोटो:-

सूचना अधिकारी
जगन्नाथ मरासिनी
( प्रहरी निरीक्षक)
सम्पर्क नं.
९८५७०८६०९९

मिति:-
२०८१।११।२०

प्रतिक्रिया