डोमिनिकन रिपब्लिकमा घुम्न गएकी भारतिय मूलकी अमेरिकी विद्यार्थी बेपत्ता, व्यापक खोजी जारी

इनेप्लिज २०८१ फागुन २६ गते १६:५८ मा प्रकाशित
Screenshot

डोमिनिकन रिपब्लिकको पन्टा कानामा घुम्न गएकी २० वर्षीय भारतिय मूलकी अमेरिकी विद्यार्थी सुदिक्षा कोनान्की बेपत्ता भएकी छिन्। उनी भर्जिनियाको आशवर्न निवासी तथा पिट्सबर्ग विश्वविद्यालयकी छात्रा हुन्।

कोनान्की मार्च ६, २०२५ को बिहान करिब ४:५० बजे रिउ रिपब्लिका रिसोर्ट ( आश्रयस्थल) नजिकैको समुद्री किनारमा हिँडिरहेको अवस्थामा अन्तिम पटक देखिएकी थिइन्। उनका परिवारका अनुसार, उनले साथीहरूसँग आफ्ना घुम्तीयन्त्र( मोबाइल फोन ) र मूद्राथैली(वालेट) छोडेर गएकी थिइन् ।

स्थानीय अधिकारीहरूले उदग्रविमान(हेलिकप्टर ) र मानव रहित उपकपण(ड्रोनक को सहायताले खोजी कार्य जारी राखेका छन्। 

प्रारम्भिक अनुमान अनुसार, उनी ठूलो छालमा परेर समुद्रमा हराउन सक्ने सम्भावना छ। तर, परिवारले अपहरण वा कुनै आपराधिक गतिविधिको आशंका व्यक्त गरेका छन्।

लाउडन काउन्टी शेरिफको कार्यालयले अनुसन्धान जारी रहेको बताउँदै छिटो निष्कर्ष निकाल्न नहुने जनाएको छ। भारतिय दूतावास, अमेरिकी विदेश विभाग, र पिट्सबर्ग विश्वविद्यालय कोनान्कीका परिवारसँग समन्वय गर्दै अनुसन्धानमा सहयोग गरिरहेका छन्।

यो घटनाले डोमिनिकन रिपब्लिकमा पर्यटकहरूको सुरक्षासम्बन्धी चिन्ता बढाएको छ, जहाँ हिंसात्मक अपराध दर उच्च रहेको बताइन्छ।

प्रतिक्रिया