‘होलीको रङ्ग ’ गीत सार्वजनिक

इनेप्लिज २०८१ फागुन २९ गते १०:१५ मा प्रकाशित

काठमाडौं: गीतकार भिष्मराज फुलाराको होली गीत ‘होलीको रङ्ग ’ सार्वजनिक भएको छ।गीतमा संगीतकार राजेन्द्र बजगाइले साथ दिएका छन् भने स्वराङ्कनमा गायिकाहरु गीता पाण्डे, सुजाता केसी साथै गायकहरू प्रमोद डिजी,प्रेम परियार संग रहेको छ।गीतको अडियो तर्फ मनोज परियारको मिक्सिङ र मास्टरिङ रहेको छ भने गीत म्युजिक किचन स्टुडियोमा रेकर्डिङ गरिएको हो।गीतको निर्देशनको पाटो भने विक्रान्त आचार्यले सम्हालेका छन् । यो पहिलो सामुहिक सहकार्य रहेको र आगामी दिनहरुमा पनि सहकार्यले निरन्तरता पाउने र अझ उत्कृष्ट सिर्जनाहरु बजारमा ल्याउने रचनाकार भिष्मराज फुलारा बताउँछन्।

होली पर्वलाई लक्षित गर्दै तयार पारिएको यो गीतले नेपाली दर्शक तथा श्रोता माझ विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ। गीतका सम्बन्धमा गायिका गीता पाण्डेले भने, “मेरो पहिलो सामुहिक होली गीत भएकाले यो विशेष बनेको छ।यस पटकको होली हामी सबैजना ‘होलीको रङ्ग ’ मा झुमौं !”

प्रतिक्रिया