अमेरिकाको दक्षिणपूर्वमा आएको घुम्रपातको कारण ३ जनाको मृत्यु भएको छ भने थप ‘धेरै शक्तिशाली घुम्रपात (टोर्नाडो)को खतरा रहेको छ ।
गत शुक्रबार राति मध्येपश्चिम र दक्षिणी भागमा ताण्डव मच्चाउँदै कैयौँ घुम्रपातको कारण मिजोरीमा कम्तीमा ३ जनाको ज्यान लिएको छ। शनिबार बिहानसम्म राष्ट्रिय मौसम सेवाका पूर्वानुमानकर्ताहरूले निरन्तर घुम्रपात (टोर्नाडो)को चेतावनीहरू जारी गरिरहेका छन् ।
यो शक्तिशाली प्रणालीले हालसम्म कम्तीमा ६ जनाको ज्यान लिइसकेको छ । मध्य अमेरिकालाई आँधीबेरीका झटका तथा डढेलोको जोखिममा पारेको छ।
दक्षिणी मिजोरीमा शुक्रबार राति आएको घुम्रपात (टोर्नाडो)ले कम्तीमा ३ जनाको ज्यान लिएको छ। ओजार्क काउन्टीको बेकर्सफिल्ड क्षेत्रमा दुई जनाको मृत्यु भएको छ भने बटलर काउन्टीको पोप्लर ब्लफमा आएको घुम्रपात (टोर्नाडो)ले एकजनाको ज्यान लिएको छ ।
यसले धेरैलाई घाइते बनाएको छ। घुम्रपात (टोर्नाडो)ले एउटा बिशाल बजार ,बालबिद्यालय, र अन्य संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ। राहतका लागि ब्ल्याक रिभर कोलिजियमलाई अस्थायी आश्रयस्थल बनाइएको छ। रेड क्रसले शनिबारबाट उद्धार कार्यमा सहयोग गर्ने जनाएको छ।
त्यस्तै ओक्लाहोमामा १३० भन्दा बढी डढेलो लागेको छ । ओक्लाहोमा र टेक्ससमा तीव्र गतिमा फैलिने डढेलोहरू देखा परेका छन्। तीव्र हावाहुरी र सुख्खा मौसमका कारण शुक्रबार अपराह्नदेखि डढेलो बल्झिन थालेको थियो। ओक्लाहोमा राज्यमा ४४ काउन्टीभरि १३० भन्दा बढी डढेलो भइसकेको छ।
ओक्लाहोमाको पश्चिमी भागमा लागेको आगोका कारण मानिसहरूलाई घर छोड्न निर्देशन दिइएको छ। टेक्ससको एमारिलो नजिकैको ताल ट्याङलवुड क्षेत्रबाट पनि मानिसहरूलाई स्थानान्तरण गर्न भनिएको छ। टेक्ससको रोबर्ट्स काउन्टीमा फैलिएको आगोले २१,००० एकड क्षेत्र जलाइसकेको छ ।
मौसमविद्हरूले दक्षिणपूर्वी राज्यहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया