राष्ट्रपति ट्रम्पको न्यायाधीशबारे कडा टिप्पणी

इनेप्लिज २०८१ चैत ४ गते १४:३९ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले एक न्यायाधीशलाई कट्टरपन्थी वामपन्थी “उन्मत्त” व्यक्ति भन्दै उनीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। 

उनले उक्त न्यायाधीशलाई “समस्या सिर्जना गर्ने” र “उत्तेजक” व्यक्ति भन्दै पूर्व राष्ट्रपति बाराक ओबामाले “दुर्भाग्यवश” नियुक्त गरेको आरोप लगाए।

ट्रम्पले आफ्नो सन्देशमा ओवामाप्रति आक्रोस पोख्दै आफूले कसरी र कस्तो प्रकारले चुनाव जितेको चर्चा गरेका छन्।

उनले आफ्नो विजयलाई ऐतिहासिक भन्दै अवैध आप्रवासनविरुद्धको संघर्षलाई यसको प्रमुख कारणको रूपमा चित्रण गरे। ट्रम्पले भने, “म केवल मतदाताहरूले चाहेको काम गर्दैछु।” 

साथै, उनले न्यायाधीशलाई महाभियोग लगाउनुपर्ने बताउँदै भने, “हामीलाई हाम्रो देशमा निर्दयी, हिंस्रक, मनोरोगी अपराधीहरू, धेरै हत्याराहरू पनि छन् हामीलाई तिनीहरु चाहिँदैन।”

उनले  “अमेरिकालाई पुनः महान बनाऔं” भन्ने नारालाई प्रकाश पारे।

प्रतिक्रिया