उपभोक्ता अदालत गठनले क्षतिपूति माग्न पाउने अधिकार सुनिश्चित गरको छ :अधिवत्ता बिष्णु गिरी

इनेप्लिज २०८१ चैत ५ गते २३:११ मा प्रकाशित

काठमाडौ । उपभोक्ता अधिकारका लागि लामो समयदेखि क्रियाशील अधिवत्ता बिष्णु गिरीले सरकारले उपभोक्ता अदालत गठन गरेर त्यसको कार्यान्यनमा ल्याएको सरकारलाई बधाई दिएका छन् । अधिवत्ता गिरीले अव आम उपभोत्ताले बजारमा किनमेल गर्दा ठगिए उपभोक्ताले क्षतिपूर्ति माग्न पाउने अधिकारको सुनिश्चित भएको बताए । उनले भने उपभोक्ता अदालतको गठन र कार्यान्यन सँग सेवाको गुणस्तरमा समेत नयाँ मानक स्थापित हुने बिश्वास ब्यक्त गदै नेपालको संविधानको धारा ४४ अन्तर्गत उपभोक्ताको हक सुरक्षित गरेको ग्यारेन्टी गरेको बताए । नेपाली उपभोत्ता संरक्षण महासंमा समेत आवद्ध रहेका अधिवत्ता गिरीले बजारमा मालवस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले आफूलाई हानि नोक्सानी महसुस गरे उपभोक्ता अदालतमा बिलबिजकसहित अब सिधै उजुरी उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने सक्ने भन्दै उपभोत्ता आफै सचेत भएर अब आफू ठगिएको महसुस गरे न्याय खोज्न सक्ने बाताबरण बनेको बताए ।

अधिवत्ता गिरीका अनुसार उपभोक्ताको छनोटको अधिकार, उपभोक्ताको सुनुवाइको अधिकार, उपभोक्ताको सूचानसँग सम्बन्धित अधिकार, स्वच्छ सुनुवाइको अधिकार, क्षतिपूर्तिको अधिकार, शिक्षाको अधिकार, स्वच्छ वातावरणको अधिकार र आधारभूत वस्तु तथा सेवामा पहुँचको अधिकारलाई उपभोक्ता अधिकार भित्र पर्दछन् । यहि २०८१ साल कार्तिक १२ गते न्यायपरिषद्ले काठमार्डौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा अध्यक्ष रहने गरी उपभोक्ता अदालत गठनको सिफारिस गरेको थियो । सदस्यमा गेहेन्द्रराज रेग्मी र आनन्द पोखरेल छन् । उद्योग विभाग त्रिपुरेश्वर परिसरमा उपभोक्ता अदालत राखिएको छ ।

प्रतिक्रिया