बिहीबार, एक संघीय न्यायाधीशले निर्णय सुनाउँदै ट्रम्प प्रशासनले जर्जटाउन विश्वविद्यालयका बिद्या वारिधि बिधार्थी बदर खान सुरीलाई देशनिकाला गर्न नसक्ने बताएका छन्। विश्वविद्यालयका अनुसार अमेरिकी गृह सुरक्षा विभागले उनलाई पक्राउ गरेको छ ।
अमेरिकी जिल्ला न्यायाधीश पेट्रिसिया टोलिभर गाइल्सले आदेश दिदै भनिन्, खान सुरीको हिरासतको चुनौती अदालतमा समीक्षा भइरहेको बेलासम्म उनलाई देशनिकाला गर्न पाइने छैन । जबसम्म उनले अर्को निर्णय जारी गरिदैन तब सम्म निष्काशन गर्न नपाइने उनले बताएकी छिन् ।
जर्जटाउन विश्वविद्यालयका अन्तरिम अध्यक्ष रोबर्ट ग्रोभ्सका अनुसार भारतीय नागरिक खान सुरी अमेरिकी प्रवेशाज्ञामा इराक र अफगानिस्तानमा शान्ति स्थापना सम्बन्धी आफ्नो विधा वारिधि अनुसन्धान गर्न आएका थिए। उनलाई डिएचएसले हिरासतमा लिएको छ भने उनको प्रवेशाज्ञा(भिसा) खारेज गरिएको छ।
पत्रमा लेखिएको छ, “हामीलाई उनी कुनै गैरकानुनी गतिविधिमा संलग्न भएको जानकारी छैन, न त उनको हिरासतको कारणबारे कुनै सूचना दिइएको छ।”
खान सुरीको गिरफ्तारी ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूमाथि कडा निगरानी बढाएको समयमा भएको हो । खान सुरी विवाहित हुन् भने उनका बच्चाहरू पनि छन्, तर उनको परिवारलाई हिरासतसम्बन्धी कुनै जानकारी दिइएको छैन।
प्रतिक्रिया