लङ आइल्याण्ड, न्यूयोर्क – नेपाली समुदायको सहभागितामा फागु पूर्णिमा (होली) भव्य रूपमा सम्पन्न भएको छ। Town of Oyster Bay र Supervisor Joseph Saladino को आयोजनामा, अमेरिकन नेपाली समुदाय समन्वय समिति (CCNCUSA) सहित सातवटा संघसंस्थाको सहकार्यमा हिक्सभिल कम्युनिटी हलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिताले नेपाली संस्कृति र परम्परालाई उजागर गर्नुका साथै कर्मभूमि अमेरिकामा आपसी एकता र सहकार्यलाई सुदृढ बनाएको आयोजकहरूले बताएका छन्। CCNCUSA ले कार्यक्रम आयोजना गर्न सहयोग पु¥याउने Town of Oyster Bay, Supervisor Joseph Saladino, र Harry Malhotra लाई विशेष धन्यवाद व्यक्त गरेको छ।
त्यस्तै, Town of North Hempstead Clerk Ragini Srivastava, Supervisor Jennifer DeSena, TOB Councilman Andrew Monteleone लगायत सम्पूर्ण निर्वाचित पदाधिकारीहरूलाई पनि आभार व्यक्त गरिएको छ।
नेपाली नेताहरूको उपस्थिति
कार्यक्रममा नेपाली समुदायका अगुवा नेता तथा समाजसेवीहरू टिकाराज ढकाल, मोहन क्षेत्री, शंकर भण्डारी, विदुर सापकोटा, लक्ष्मी सुवेदी, पम्फा भण्डारी, राजेन्द्र केसी ,राजन थापा ,मन्जु भट्ट ,सिरिन भट्ट लगाएतको उपस्थिति थियो। नेपाली समुदायतर्फबाट कार्यक्रमको संयोजन विशाल रेग्मीले गरेका थिए।
बालबालिकाको सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण
होलि महोत्सवको मुख्य आकर्षण नेपाली समुदायका बालबालिकाहरूको सांस्कृतिक नृत्य थियो। संकल्पा क्षेत्री, दिया क्षेत्री र प्रिसा ढकालले प्रस्तुत गरेका नृत्यले नेपाली संस्कृतिको पहिचान झल्काएको थियो।
CCNCUSA का अध्यक्ष बाबुराम शर्माले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै, नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्ने अवसर दिएकोमा Town of Oyster Bay लाई धन्यवाद दिएका थिए।
नेपाली समाजसेवी सम्मानित
Town of Oyster Bay ले CCNCUSA को सिफारिसमा नेपाली समुदायका समाजसेवी लक्ष्मी थापा र निर्मल थपलियालाई सम्मानित गरेको छ। नेपाली समुदायको योगदानलाई स्थानीय सरकारी निकायबाट सम्मानित गरिनु गर्वको विषय भएको आयोजकहरूले बताएका छन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्नेप्रति धन्यवाद
कार्यक्रम सफल बनाउन योगदान दिने सातवटा सह-आयोजक संस्था, तथा CCNCUSA का संस्थापक वेद प्रसाद खरेल, Town of Oyster Bay South Asian Advisory Board का प्रतिनिधि विश्वराज वास्तोला र शंखनारायण प्रजापति लगायत सबै सहयोगीलाई CCNCUSA ले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
\
प्रतिक्रिया