काठमाण्डौ स्कूल अफ ल (के.एस.एल) का संस्थापकद्वारा विद्यार्थी माथी यौन दुर्व्यवहार

इनेप्लिज २०८१ चैत ७ गते ०:४५ मा प्रकाशित

काठमाण्डौ स्कूल अफ ल (के.एस.एल) का संस्थापकले विद्यार्थी माथी यौन दुर्व्यवहार गरेको बिषयलाई लिएर महिला सुरक्षा दवाव समूहले छापा बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

२०८१/१२/०६ गते सार्वजनिक गरिएको उक्त बिज्ञप्ति महिला सुरक्षा दबाव समूहकी अध्यक्ष इरादा गौतमद्वारा लिखित पत्राचार ईनेप्लिजमा सुरक्षित रहेको छ । के एस एलमा अध्ययनरत एक विद्यार्थीले आफूमाथी दुर्व्यवहार गरिएको कलेज अनुदार रहेको आरोप लगाएर पत्रपत्रिकामा समाचार छापिएको विषयमा महिला सुरक्षा दबाव समूह तत्काल अनुसन्धान सहित सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई विशेष अनुरोध गरिएको बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्तिमा फागुन २४ मा ३ महिना अघि आफूमाथि काठमाण्डौ स्कूल अफ न के. एस. एल) का संस्थापक डा. युवराज संग्रौलाले कलेजमा यौन दुर्व्यवहार गरेको भनी उजुरी दिएता पनि कलेज मौन बसेको हुदा आफूले सामाजिक संजालमा लेख्न बाध्य भएको बताइएको छ ।

यसपछि अन्य विद्यार्थीहरु पनि आफूमाथि भएको दुर्व्यवहारको विरुद्धमा बोल्न थालेका थिए। यसैविच निज संग्रौलाले स्त्री दोषी टिप्पणी गर्ने गरेको र विद्यार्थीहरुको अधिकारलाई बेवास्ता गरेको भन्दै के एस एलका विद्यार्थीहरुले हस्ताक्षर अभियान समेत संञ्चालन गरिरहेका छन् ।

बिस्तृत जानकारी तथा विज्ञप्तिको पूर्ण पाठ मुनी पढन सकिने छ :

महिला सुरक्षा दवाव समूह
रातोपूल, काठमाडौं
प्रेस विज्ञप्ती
मिति:- २०८१/१२/०६

काठमाण्डौ स्कूल अफ ल (के.एस.एल) का संस्थापकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको समाचारले महिला सुरक्षा दबाव समूहको ध्यानाकर्षण भएको छ। के एस एलमा अध्ययनरत एक विद्यार्थीले आफूमाथी दुर्व्यवहार गरिएको कलेज अनुदार रहेको आरोप लगाएर पत्रपत्रिकामा समाचार छापिएको विषयमा महिला सुरक्षा दबाव समूह तत्काल अनुसन्धान सहित सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई विशेष अनुरोध गर्दछ ।

फागुन २४ मा ३ महिना अघि आफूमाथि काठमाण्डौ स्कूल अफ न के. एस. एल) का संस्थापक डा. युवराज संग्रौलाले कलेजमा यौन दुर्व्यवहार गरेको भनी उजुरी दिएता पनि कलेज मौन बसेको हुदा आफूले सामाजिक सज्जालमा लेख्न बाध्य भएको बताइएको छ । यसपछि भने अन्य विद्यार्थीहरु पनि आफूमाथि भएको दुर्व्यवहारको विरुद्धमा बोल्न थालेका थिए। यसैविच निज संग्रौलाले स्त्री दोषी टिप्पणी गर्ने गरेको र विद्यार्थीहरुको अधिकारलाइ बेवास्ता गरेको भन्दै के एस एलका विद्यार्थीहरुले हस्ताक्षर अभियान समेत संञ्चालन गरिरहेका छन् । यसै विच गठन गरिएको छानबिन समितिलाई विद्यार्थीहरुले अमान्य भन्दै निष्पक्ष छानविन समिति गठन गर्नु पर्ने माग समेत गरेका छन् ।

पूर्व महान्यायधिवक्ता समेत रहि सकेका निज संग्रौला जस्तो व्यक्ति यस्तो अति निकृष्ट कार्यमा संलग्न भएको भन्ने विषय राष्ट्रिय लज्जाको विषय हो र समाजिक सञ्जाल एवं पत्रपत्रिकामा आएका निजप्रति लक्षित समाचारप्रति महिला सुरक्षा दबाव समूह दुख प्रकट गर्दै छानविनको माग गर्दछ । विद्यार्थीहरुका मागप्रति ऐक्यबद्धता जाहेर गर्दै महिला सुरक्षा दबाव समूह यो घटनामा निष्पक्ष छानविन समितिको माग गर्दछ र घटनाको सत्यतथ्य बाहिर ल्याई दोषी उपर हदैसम्मको कार्वाही गर्न तथा पिडितहरुलाई क्षतिपूर्ति सहित न्याय दिलाउन माग गर्दछ ।

इरादा गौतम
अध्यक्ष

महिला सुरक्षा दबाव समूह

फोन नं. ०१ ४५५८६३४ ४९६९८४५ ईमेल [email protected], वेव साइट https://womensecurity.org.np

प्रतिक्रिया