अनेसास वासिङ्टन डीसी मेट्रो च्याप्टरले गत आइतवार २१ औँ स्थापना दिवस मनाएको छ । च्याप्टरका संस्थापकहरू र नारी स्रष्टालाई सम्मान गरी दिवस मनाइएको हो । डीसी च्याप्टर संस्थापनवर्षका केन्द्रीय अध्यक्ष पुरु सुवेदी, संस्थापक अध्यक्ष मोहन सिटौला, उपाध्यक्ष बासु श्रेष्ठ महासचिव गोविन्द गिरी प्रेरणा, सचिव टीकाकुमार पुन, सदस्य शाश्वत पराजुली तथा नगेन्द्र पौडेललाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो भने कोषाध्यक्ष स्व. सीता रेग्मीप्रति मौनधारण र श्रध्दाञ्जलि व्यक्त गरिएको थियो । कार्यक्रममा नारीदिवसको अवसर पारेर नारीस्रष्टा रजनी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
बीओटी सभापति पदम विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि सुदीपभद्र खनाल, नारायण अधिकारी, शकुन्तला अधिकारी, रामहरि फुयाँल, घनबहादुर थापा र शकुन्तला अधिकारीले कवितावाचन गरेका थिए । केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, बीओटी महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी, केन्द्रीय उपाध्यक्ष सुदीपभद्र खनाल, लालगोपाल सुवेदी, सदस्य पुष्पा खनाल सल्लाहकार रोहिणी शर्मा एएनएचएसका बीओटी सभापति केदार तिम्सिना, अध्यक्ष जानु ओझाको आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा डीसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीले अध्यक्षता गर्नुभएको थियो भने सञ्चालन महासचिव जगन्नाथ पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै बीओटी सभापति पदम विश्वकर्माले डीसी च्याप्टर सबै च्याप्टरहरूको आकर्षण र अभिभावकसंस्था बनेर काम गर्नुपर्ने बताए ।
सम्मानित हुनुभएका अनेसास केन्द्रका पूर्व अध्यक्ष पुरु सुवेदीले डीसी च्याप्टरले राम्रा कार्यक्रमहरूको सुरुवात गरेको र अनेसासले छिटै नै सबैको सहयोगमा आफ्नो घर बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष मोहन सिटौलाले डीसी च्याप्टरले थप नयाँ कार्यक्रम गर्नुपर्ने बताउनुभयो भने महासचिव गोविन्द गिरी प्रेरणाले संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
च्याप्टरका वरिष्ठ उपाध्यक्ष कवीन्द्र सिटौलाले स्वागत गरेको सो कार्यक्रममा उपाध्यक्ष शकुन्तला अधिकारीले नारीहरूको बारेमा कविता र मन्तव्य राख्नुभएको थियो ।
साहित्यकार एवम् लेखक शिव लामिछाने, प्रा. डा विष्णु घिमिरे, राजेन्द्र श्रेष्ठ, रामशरण हुमागाईं, प्रेम शर्मा पौडेल, राम अधिकारी, श्रेष्ठ समनश्री, तनुजा अधिकारी, भुवनप्रसाद सिग्देल, रामहरि फुयाललगायत विशिष्ट लेखक र कविहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
जग्गनाथ पौडेल
प्रतिक्रिया